You are here
Home > समाचार > चुनावपछि ‘विकासको बाकस’ लिएर जनताकहाँ फर्कने छु’ – युवराज दुलाल “शरद”

चुनावपछि ‘विकासको बाकस’ लिएर जनताकहाँ फर्कने छु’ – युवराज दुलाल “शरद”

२६ कार्तिक २०७४, आईतवार ०४:४७

जनता अहिले पैसाको पछि लाग्छन् भन्नु मतदातालाई कमजोर ठान्नु हो ।
जनता विकासका लागि भौतारिने दिन अब गए ।
हाम्रो प्रदेशको २४ वटै वडामा हामी शानदार रुपमा अगाडि छौं ।

युवराज दुलाल ‘शरद’ जिल्लाको उम्मेदवारमध्ये सर्वाधिक रुचाइएका र चर्चामा आएका युवा नेता हुन् । उनको चुनावी प्रचार पनि फरक प्रकारको छ । सिन्धुपाल्चोक, प्रतिनिधिसभा–२ को ‘क’ प्रदेशसभाका उम्मेदवार दुलालले लोकप्रिय मतका साथ विजय हासिल गर्ने आँकलन पनि हरेक क्षेत्र र व्यक्तिबाट विश्लेषण हुन थालेको छ ।
चुनावी प्रचारमा गाउँ पुगेका उनले आफ्नो प्रदेशलाई देशकै नमूना क्षेत्र बनाउने भिजन प्रस्तुत गर्ने गरेका छन् । संघर्षबाट खारिएर आएका विद्वत युवा नेता भएकोले गाउँका जनताले उनलाई असाध्यै मन पराएका छन् । ‘विकासको बाकस’ बोकेर आउने उद्घोष गरेका दुलालको पहुँच पनि उच्चस्तरकै छ ।
प्रष्ट भिजनसहित स्पष्ट र कलात्मक दुलालको भाषण व्यवहारमा परिणत हुने प्रशस्त तथ्यहरु छन् । बोलेको कुरा पूरा गर्ने उनको एकमात्र ‘स्ट्रङ’ स्वभाव हो । वाम गठबन्धनले दुलालबाट जीतको मात्रै होइन भविष्यको कूशल नेतृत्वको रुपमा झन् धेरै आशा र भरोसा गरेको छ । चुनावी कार्यक्रममा व्यस्त उम्मेदवार दुलालले आफ्नो जीत निश्चित भइसकेको बताए ।

अहिले जताततै वाम गठबन्धनको माहोल छ । तपाइँको त झन् बजारका चोक र गाउँघरमा बढी चर्चा गरेको सुनियो । खासमा कुरा के हो ?
तपाइँले सोध्नुभएको प्रश्न सही छ । देशैभर र हाम्रो जिल्लामा पनि अहिले वामपन्थीको लहर र माहोल छ । जनताले स्थिर सरकार चाहेकोले वाम गठबन्धनको पक्षमा यसरी माहोल आएको हो । स्थिरता, विकास र शान्तिको चाहना राख्ने आमजनता हाम्रो पक्षमा उभिनुभएको कुरा साँचो हो । सक्षम र राजनीतिमा अब्बल, विकासको दृष्टिकोणसहित आएका युवा उम्मेदवार वाम गठबन्धनमा भएकोले यो शानदार अवस्था सिर्जना भएको छ ।
तपाइँले ‘विकासको बाकस’ ल्याउँछु भनेर गरेको भाषण यतिबेला चौतर्फी चर्चामा छ । त्यो के हो ?
मैले नयाँ विकासको दृष्टिकोण अगाडि सारेको छु । लामो राजनीतिक संघर्षबाट अनुभव लिएर आएको युवाको सपना हो यो । पहिला राजनीतिक दलका कार्यकर्ता र जनता विकास माग्न उपभोक्ता समिति बनाएर विभिन्न निकायमा धाउनु पथ्र्यो । विकासको बाकस भनेको यसको ठीक उल्टो हो । जनता विकासका लागि भौतारिने दिन अब गए । जनप्रतिनिधि नै विकास लिएर ग्रामीण क्षेत्रमा जाने भनेको हो । सबैभन्दा पहिला पूर्वाधार, सिंचाइ, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, विद्युतीकरणलगायत विकासको योजना र आधार जनप्रतिनिधिले पहिचान गरेर विज्ञ टोलीद्वारा लागत स्टमेट निकाल्ने र बजेटको स्रोत पहिचान गर्ने । त्यसपछि जनप्रतिनिधिले नै विकासको सबै योजना र काम लिएर जनताकहाँ जाने दृष्टिकोण नै हो विकासको बाकस भनेको ।
विपक्षीभन्दा तपाइँको प्रचार अभियान निकै शानदार देखियो । मतदातामा के प्रभाव परेको छ ?

हाम्रो प्रभाव गहिरो गरी परेको छ । जनता वाम गठबन्धनबाट खुसी र उत्साही भएका छन् । युवा उम्मेदवार, अहिलेको राजनीति र प्रविधि बुझेको, समयसापेक्ष विकासको योजना ल्याउन र सञ्चालन गर्नसक्ने भएकोले हामीलाई मत जाहेर गर्न मतदाता आँतुर छन् । विकास र समृद्धिको दृष्किोणसहितको युवा उम्मेदवार पाएकोमा मतदाता गौरवान्वित भएको मैले महसुस गरेको छु ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा विपक्षीभन्दा तपाइँको मत १० हजार बढी छ । यो कायमै रहन्छ त ?
ठीक हो । हामी यो मतअंकबाट घट्दैनौं । अझ बढाउन मिहिनेत गरिरहेका छौं । पहिला रुख र हलो चिह्नमा मतदान गरेका मतदाताले राष्ट्रको आवश्यकता वामपन्थीको दुईतिहाइ बहुमतसहितको स्थिर सरकार चाहेकोले पार्टीभन्दा माथि उठेर हामीलाई रोज्ने विश्वास ममा छ । त्यसैले मतान्तर अझ बढ्नेछ ।
यो भन्दा फराकिलो मतान्तर तपाइँले देख्नुभएको छ । आधारहरु के–के हुन् ?
पहिलो कुरा, एमाले र माओवादीको प्रतिबद्ध जनाधार, दोस्रो, वामशक्तिप्रति जनताको अगाध आस्था, तेस्रो, विपक्षी मतदाताले पनि उम्मेदवार हेर्छ, उसको राजनीतिक पृष्ठभूमि, विकास र समृद्धिको दृष्टिकोण हेर्नेछन् र चौथो कुरा, एजेण्डाविहीन विपक्षी उम्मेदवार । विभिन्न क्षेत्रबाट गरिएका मत सर्वेक्षण र यिनै आधारले मत अझ बढ्ने मेरो विश्वास छ ।
चुनाव भनेको एकै रातमा पल्टिने गरेको उदाहरण पनि त प्रशस्तै छन् नि ? कतै पैसाले त्यस्तो स्थिति नल्याउला भन्न सकिन्छ र ?
पैसाको चलखेल हल्ला र मनगढन्ते कुरामात्रै हो । अहिलेको मतदाता निकै सचेत छन् । हामीले यस्तो कुरामा विश्वास ग¥यौं भने जनताको मन कति बिझ्ला ? एकादुई मतदाता होलान् त्यस्तो । पैसा बाँडेपनि कांग्रेस र राप्रपाका कार्यकताले पाउने हुन् । जनता अहिले पैसाको पछि लाग्छन् भन्नु मतदातालाई कमजोर ठान्नु हो । अहिलेको परिस्थिति र राजनीतिक लाइन मतदाताले प्रष्टसँग बुझेका छन् ।
तपाइँको प्रदेशमा रहेका चौतारा साँगाचोकगढीको ९ वडा, इन्द्रावती गाउँपालिकाको १२ वडा र मेलम्ची नगरको तीन वडाको हालको अवस्था चाहिँ कस्तो छ ?
हाम्रो प्रदेशको २४ वटै वडामा हामी शानदार रुपमा अगाडि छौं । चौतारा साँगाचोकगढी नगरपालिकामा हामी निकै मजबुत छौं । स्थानीय तह चुनावमा केही वडा कांग्रेसले जितेको थियो । त्यहाँ पनि हामी नै अगाडि भइसकेका छौं । एमाले र माओवादीले जीतेको वडाबाट बढीभन्दा बढी मत खसाल्ने योजनामा साथीहरु अहोरात्र खटिरहनुभएको छ ।
वाम गठबन्धन ठूला कार्यक्रममा व्यस्त हुँदा कांग्रेस चाहिँ भित्रभित्रै घरघरमा पुगेको कुरा आएको छ नि ?
यो गलत प्रचार हो । हामीले ठूला, मझ्यौला, साना र जनताको घरदैलो कार्यक्रमलाई बराबर समय दिएर चुनावी अभियानलाई तीब्र पारेका छौं । बिहान, बेलुका खेतबारी, पुनर्निर्माणस्थल र बाटोघाटो, धारा सबै ठाउँमा पुगेर मतदातासँग साक्षात्कार गरिरहेका छौं ।
तपाइँको संघर्ष र राजनीतिक जीवन आदर्शवादी र त्यागी छ । यस्तो पहिचान मतदाताले बुझ्ने मौका पाएका छन् त ?
मेरो समग्र राजनीतिक जीवन र आँधीमय संघर्षको क्षणलाई जनताले धेरथोर पहिला पनि जान्नुभएको थियो । र, अहिले चुनावी अभियानको क्रममा सबैले समग्रतामा बुझ्ने र एकापसमा भलाकुसारी गर्ने गर्नुभएको छ । कतिपय मतदाता मेरोबारेमा उत्सुक र कौतुहलता साँचेर भेट्न आउनुहुन्छ । मेरो बारेमा सबै कुरा भन्ने गरेको छु । यी त जनमुक्ति सेना नेपाल र महान् जनयुद्धका कुरा भए । अझ बढी मैले कम्युनिष्ट एकताबारे उहाँहरुसँग छलफल गर्ने गरेको छु ।
चुनावमा विजयी भएपछि तपाइँले पहिलोपटक गर्ने काम के हुनेछ ?
जनताले मलाई अवश्य विजयी गराउनुहुनेछ । विजयी भएपछि म विकासको बाकस लिएर मतदाताकहाँ फर्कनेछु । र, पहिला विकासका पूर्वाधारमा हात हाल्नेछु ।
झुल्काबाट साभार गरिएको