You are here
Home > Front News > ‘’चरी चट्ट परि’’ले कमायो २२ लाख माथिको भ्यूउ

‘’चरी चट्ट परि’’ले कमायो २२ लाख माथिको भ्यूउ

२७ कार्तिक २०७४, सोमबार ०७:४७

काठमाडौ |

फिल्म ‘’कान्छी’’को पहिलो गीत सार्वजनिक भएको केहि दिन नबित्दै युट्युवमा राम्रो कमाई गरेको थियो। सार्वजनिक गरेको केहि दिन मै गीतलाई २२ लाख बढीले हेरिसकेका छन् ।

दयाहाङ राई र स्वेता खड्का फिचरिङ ‘’चरी चट्ट परि’’ बोलको गीतले दर्शकको मन जित्न सफल भएको निर्माण टिमले जनाएको छ ।युट्युवको  छैठौं ट्रेन्डीङमा रहेको यस गीतलाई समाचार तयार पार्दा सम्म २२ लाख, ४ हजार, २ सय ०७ ले हेरिसकेका छन् ।

काया फिल्मस् र बुम रेमिटको प्रस्तुति रहेको यस फिल्ममा स्वेता र दयासंगै अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुजल गिरी, आशान्त शर्मा, कामेस्वोर चौरासिया, बिनोद न्यौपाने लगायतको मुख्य अभिनय छ । राजनराज सिवाकोटीको शब्द/संगीत समावेश यस गीतमा गायिका अन्जु पन्त र राजन आफैको स्वर रहेको छ । नृत्य निर्देशक बसन्त श्रेष्ठको करियोग्राफी रहेको गीतमा प्रज्वल सुजल गिरी र भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ  ।

आकाश अधिकारी निर्देशित फिल्म माघ २६ मा प्रदर्शन हुनेछ । यम थापाको कथामा बनेको  फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, रामशरण कोइरालाको साहयक निर्देशन, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन,शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ  ।