You are here
Home > समाचार > नयां शक्तिका अधिकारी माअाेबादि केन्र्दमा प्रबेश

नयां शक्तिका अधिकारी माअाेबादि केन्र्दमा प्रबेश

२७ कार्तिक २०७४, सोमबार १३:२७

मिलन लामा

२७, कार्तिक / पालुङटार, शेरा

नयाँ शक्ति पार्टी नेपालका नेता रामप्रसाद अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अधिकारी स्थानीय तह निर्वाचनमा पालुङटार नगरपालिका वडा नम्बर -९ बाट वडा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो ।

पालुङटार-९ शेरामा आयोजित चुनावी सभामा अधिकारी नयाँ शक्ति परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई ले बामपंथी बिचारधारा छाडेर माओवादी केन्द्रलाइ धोका दिएकोले माओवादी केन्द्र प्रवेश गरेको अधिकारी ले बताउनुभयो ।

अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।

आज नै नेपाली काग्रेस परित्याग गरि
काग्रेस परित्याग गरि पालुङटार -१० मिर्कोट बाघडाडाका दुई स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
बाघडाडाका काग्रेस नेताहरु जस बहादुर तामाङ र राम बहादुर भारती आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।