You are here
Home > समाचार > ईटहरिमा ठुलाे मात्रामा हतियार बरामद

ईटहरिमा ठुलाे मात्रामा हतियार बरामद

२८ कार्तिक २०७४, मंगलवार ०२:४६

 

मिलन लामा –   कार्तिक २८,प्रदेस र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा ईलाका प्रहरी कार्यालय ईटहरीले स्थानीय मनोज चौधरीको घर बाट ठुलो परिमाणमा हातहतियार वरामत गरेको छ । ईटहरी ४ स्थीत चौधरीको घर खानतलास गर्दा निजको कोठा बाट प्रहरीले ठुलो परिमाणमा भण्डारन गरी राखिएको हतियार वरामत गरेको हो ।केहिदीन अघि साँझ इटहरीमा मनोज चौधरीले सामान्य विवादहुँदा गोली चलाएको आरोप लागेको थियो । गोली काण्डमा चौधरी सँलग्न भएको पुुष्टि गर्दै निजको घर खानतलासी गर्दा प्रहरीले हतियार बरामत गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी संजयकुमार राउतले जानकारी दिएका छन् ।चौधरीको घरको कोठामा खानतलासि गर्दा ३ थान एयर पेस्तोल, १ थान एयर गन, २ थान बुुलेट, नक्कली पेस्तोलहरु, विभिन्न प्रकारका धारिलो हतियार, ७६ थान घडि, १ थान ल्यापटप, १६ थान मोवाइल र उनिहरुले प्रयोग गरेको बा ५ च २७८ नम्वरको गाडी फेला परेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी संजयकुमार राउतले जानकारी दिएका छन् ।राउतका अनुसार कात्तिक ८ गते साँझ चौधरी र उनका साथि सुजन नेपालबिच सामान्य विवाद भएको थियो । तर चौधरीले एक्कासि पेस्तोलबाट फायर गरे पछि इटहरीमा गोली चलेको हल्ला फैलिएको थियो । उक्त दिन नेपाल ज्यान जोगाउन सफल भएका थिए ।चौधरीलाई सहयोग गर्ने बिसे चौधरी समेत फरार छन् । प्रहरीको रेकर्ड अनुसार उनि समेत पटकपटक विभिन्न मुुद्धा खेपेका व्यक्ति हुन् । उनिहरुलाई हातहतियार तथाज्यान मार्ने उद्योग अन्तर्गत मुुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । —