You are here
Home > Front News > उपत्यकाकाे सार्बजनिक यातायातमा जुम्रा र उडुस- गाडी सफा नराखे ट्राफिक प्रहरीले कारबाही गर्ने

उपत्यकाकाे सार्बजनिक यातायातमा जुम्रा र उडुस- गाडी सफा नराखे ट्राफिक प्रहरीले कारबाही गर्ने

२८ कार्तिक २०७४, मंगलवार ०३:१७

पदम पुन ,गाेबिन्द थापा

कात्तिक२८, काठमाडौंमा यतातायात व्यवसायी तथा मजदुरका लागि आयोजना गरिएको सवारी व्यवस्थापन समबन्धी विशेष कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक सवारीको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् ।खनालले भने अहिले सार्वजनिक सवारीहरुको सफाइको अवस्था दयनीय देखिएको छ त्यसमा ध्यान दिनुस । ‘कतिपयमा सवारीको त सिट नै कहिल्यै नधुने गरेको अवस्था छ । हामी कतिमा त जुम्रा, उडुस र उपियाँ पनि भेट्छौं,’ खनालले यातायात मजदुर र ब्यवसायीलाई सम्बोधन गर्दै खनालले भने,’अब यो अवस्था रहिरहनुहुन्न ।’उनले देशको सभ्यता कुन सत्रमा छ भन्ने कुरा सार्वजनिक सवारीबाट नै पत्ता लाग्क्ष्ने बताउँदै नेपालमा सार्वजनिक सवारीको स्थितिले अन्तर्राष्ट्रिय रुपमा पनि गलत किसिमको सन्देश प्रवाह गरिरहेको उल्लेख गरे ।राजधानीमा चलि रहेका सार्वजनिक सवारी सफा नराख्ने प्रचलन ब्याप्त छ।डिआईजी खनालले त्यसरी सवारी फोहोर अवस्थामा रहेका सवारीलाई निर्धक्कसँग चल्न दिँदा यात्रुलाई पनि समस्या भएको बताए ।उनले भित्र मात्रै नभए सवारीको बाहिरीभाग पनि सफा नराख्ने र समयमै गर्नुपर्ने मर्मतहरु नगर्ने प्रवृत्ति मौलाएको बताए । अब सफाइमा ध्यान नदिने सवारीलाई कारवाही गर्ने चेतवनी पनि खनालले दिए ।‘चिटिक्क परेर गन्तब्यमा हिँडेको मान्छेले बसभित्र पसेपछि मुख थुन्नुपर्ने अवस्था रहन हुँदैन,’ खानलले भने,’अब सवारीको सफाइमा तपाईंहरु ध्यान दिनुपर्छ ।’व्यवसायी र मजदुरहरुले भने काठमाडौंको सडकमा धुलो अत्यधिक रहेकाले जति सफा गर्दा पनि नहुने अवस्था रहेको दावी गरे ।उनीहरूले ट्राफिक प्रहरीले मजदुरका लागि छुट्टै पोशाक तोक्ने तयारी गरेकोमा स्वागत गरे।व्यवसायीले त्यसका लागि अावश्यक भूमिका निभाउने प्रतिवद्धता जनाए ।