You are here
Home > कला > तकसेराकी पहिलो महिला गितारिस्त

तकसेराकी पहिलो महिला गितारिस्त

२८ कार्तिक २०७४, मंगलवार ०४:०७
पूर्वी रुकुम |
पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालीका वडा नं १० साविकको तकसेरा ३ मा आज भन्दा १७ वर्ष पहिले बुवा गोपाल बुदामगर र आमा देउरुपी बुदामगरको कोख बाट जन्मेका राहेल बुदामगर अहिले कक्षा ११ मा अध्यनरत छिन् । २ वर्षको उमेरमा आमासंग काठमाडौँ यात्रारत राहेललेकोतेश्वरमा रहेको हेभरन बोर्डिङ स्कुलमा केजी सम्म पढेर रिर्भस बोर्डिङस्कुलमा २ कक्षा सम्मको पढाइ सिद्धाएर आर्दश सौला स्कुल नख्खुमा अहिले सम्म अध्यान यात्रा निरन्तरतामाछिन् ।२०५६ साल मंसिरमा इलाका प्रहरी कार्यलय तकसेरा बात आएको प्रहरीले अलिकती काम छ भनी गिरफतार गरेर चौकीको आग्नमै गोली हानेर मारेका थिए राहेलकाबुवालाई । उक्त घटनामा दुई जेठान ज्वाई मारिनु भएको थियो राहेलको बुवा र मामा सुक बहादुर बुदा मगर । गर्वमै टुहुरी भनेकीपदाईमा अब्बलराहेलले कक्षा १० मा ६८ प्रतिशत अंक ल्याएर पास गरिन । सानै देखी चन्चले स्वभाबको राहेलले कक्षा ५ मै छात्रवासको काका,काकी र साथीहरुको साथ सहयोगले सारङ्गी रेतेर बाद्य बादन छोएका राहेलको समुहलाई छात्रवासले हाउस अफ होप ब्याण्डमा गोलबन्द बनायो ।

छात्रवासका काका, काकी संगितका गुरु भएर पनि हामीले यो अबसर पाएर यहाँ सम्म आएको सुनाईन् । कक्षा दश सम्म छात्रवास बसाई सहित सबै शुल्क स्कुलले हेरेको थियो । ११ मा अध्यनरत राहेलले अब उच्च शिक्षाको लागी आफै जोहो गर्नु पर्छ रोदन मिश्रित बोलीमा भनिन् ।महिलाहरुको नेपालमा पहिलो स्थापना भएको गोर्खालीब्याण्ड थियो भने हाउस अफ होप दोस्रो ब्याण्ड र जस तेस्रो ब्याण्ड रहेका छन् ।सानो उमेर समुहका विद्यार्थीहरु द्धारा बनेको हाउस अफ होप ब्याण्डलेकाठमाडौको लैनचौरमा नारी दिवसको दिन तिन पतक कन्र्सत गरेर आफना प्रतिभा देखाएका छन् ।

क्रिसमसको अबसरमा सेन्टजेभिर्यस स्कुलमा तिन पतक प्रस्तुती दिएको ब्याण्डले २०७४ भदौ ३ गते १७ औँ बाग्मती नदी सफाई अभियान पर्वमा आफनो प्रस्तुती दिएको थियो ।यो समुहले धरानको पर्यतन प्रर्वद्धन र सेभ ड्राइभ सम्बन्धि जनचेतना जगाउन रोयल स्ट्रन इन्फिल्डसको आयोजनामापुर्व धरानमा जनचेतनाको लागी सांगितिक कार्यक्रम गरेका थिए ।तराईका वादीपिडितहरुको लागी राहत संकलन गर्न धरानमा एक हप्ता सम्म कन्र्सतमा भौतारिए ।

भुकम्प पिडितहरुको लागी आईएनजिओ विइत हङकङ्गसँगको सहकार्यमा काभ्रेपलान्चोकको बनेपामा ६५ वता नमुना घर निमार्ण कार्यमा सरिक भएको थियो । कक्षा ८ देखि बेस गितार बजाएका राहेलले पढाई सकेर आफनै गाउँघरमा आएर शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना बुनेका छन भने समयले साथ दिए आफनै ब्याण्ड लिएर बालबच्चाहरु लाई संगित सिकाउने कुरा पनि सुनाए ।तुहुरि राहेलका एकमात्र दिदि एलिसा बुदा मगर अहिले भारतको बेङलोरमा बिएससि नर्सिङतेस्रो वर्षमा अध्यानरत छिन् ।

आमा सुर्खेतमा बस्नुहुन्छ । भने गाउँमा बजै काका र फुपुहरु बस्छन् । बाबालाई मारेका पिर माथी अर्को बज्रपात थपियो घरमा बाजे लाई २०६० सालमा तत्कालिन शाहि सेनाले मारिदिए । बाजे राजिमान बुदा मगर भारतीय सेनाको रितायर्द हवल्दार हुनुहुन्थ्यो । तत्कालीन नेकपा माओवादीले बाबु छोरालाई शहिद घोषणा ग¥यो । शान्ति प्रक्रियामा आएर धेरै पतक सरकारमा सहभागी भएको नेकपा माओवादीले नहेरेको गुनासो गरिन ।अहिले सम्म राज्य बात शहिद परिवारलाई दिइने राहत बारे आफु अनविज्ञ रहेको बताईन ।