You are here
Home > राजनीति > पुनका पांच एजेन्डाका कारण ललितपुर कांग्रेसमा खैलाबैला

पुनका पांच एजेन्डाका कारण ललितपुर कांग्रेसमा खैलाबैला

२९ कार्तिक २०७४, बुधबार १६:३२

ललितपुर |

लालकुमारी पुनका पांच एजेन्डाका कारण ललितपुरका कांग्रेसहरुमा खैलाबैला मच्चिएको छ । क्षेत्र नं १ अन्तर्गत प्रदेस सभा १ काे (क) कि उम्मेदवार लालकुमारी पुन (शुसिला)ले अाफ्ना पांच एजेण्डा प्रस्तुत गरि ललितपुरबासी बिच पुग्दा उनका प्रत्यासी कांग्रेसका उमेदवारहरु र ललितपुरकाे राजनैतिक बृत्तमा खैलाबैला मच्चिएकाे हो ।

घरदैलाे कार्यक्रम गर्नु भनि बाेलाएकाे बैठकमा एक कार्यकर्ताले, ‘तपाईहरुकाे चुनाबी एजेन्डा के छ ? उता यस्ता एजेण्डा लिएर अाईरहेका छन् ।’ भनि प्रतिनिधि सभा ललितपुर १ का उम्मेदवार उदयसम्सेर राणालाई प्रस्न गरेपछि कुनै प्रतिक्रिया नदिएर बाहिरिएकाे एक प्रत्यक्ष दर्शिले जनाएका छन।

पुनका पांच एजेण्डा यस्ता छन ।

१. सडक – नयाँ ट्य्राक खुल्न नसकेका अति दुर्गम बस्तिहरुमा नयाँ ट्र्याक खोल्ने।सडकको ट्र्याक खुलिसकेको तर स्तरोन्नतिका कारण यातायात सन्चालन हुन नसकेका स्थानहरुमा ब्यबस्थित ढङ्गबाट ग्राबेल गरिने।ग्राबेल भएका स्थानहरुमा अबिलम्ब कालोपत्रे गरिने।

२.कृषि – (I) लतितपुर-१ का अधिकाङ्स जमिनहरु कफि खेतिका निम्ति सुहाउदो रहेको हुदा उक्त स्थानहरुमा त्यहाको कृषकहरुलाइ ब्यबसायिक कफि उत्पादनमा लाभान्वित गर्दै कफिको निम्ति स्थानिय स्तरमै प्रोसोधन केन्द्र स्थापना गरि उचित ग्रेडिङ गरि अन्तर्राष्टिय बजार सम्म पुर्याउन समन्वय गरिने। (ii) नगदेबालीहरु उत्पादन भएता पनि कृषकले उचित मूल्य नपाएको बिडम्बना ब्याप्त रहेको हुदा राज्यको नियमन रहने गरि स्थानिय स्तरमै तरकारी सङ्कलन केन्द्रहरु स्थापना गर्ने।जसले कृषकले गाउमै बसि उचित मूल्य पाउने अबस्था सृजना हुनेछ।

३. स्वास्थ्य – ग्रामिण इलाकामा सर्बसाधारणको पहुचमा स्वाथ्य केन्द्रहरु छैनन।भएपनी निक्कै दुरिमा पर्ने हुदा सास्ती पाउनुपरेको छ, त्यसैले पायक परेको स्थानहरुमा सैया सहितका स्वास्थ केन्द्र स्थापना गरिने।

४. शिक्षा – “सबै बर्ग समुदायको घर दैलोमा अनिबार्य शिक्षाको पहुच” भन्ने मुल नाराका साथ अभियान प्रभाबकारी रुपमा सन्चालन गरिनेछ। ५. रोजगार – कृषिप्रधान देश भनिएता पनि उर्जाशिल युबाशक्ति स्वदेशमा बिकल्प नहुदा बिदेशिनु पर्ने बध्यतालाइ अन्त्य गर्दै युबाहरुलाइ ब्यबसायिक कृषिमा लाभान्वित गर्दै “एक घर एक स्वरोजगार” नारा अन्तर्गत बेरोजगार अन्त्य गरिनेछ। उक्त एजेण्डाले अाफुलाई निकै उत्साहित बताउने पुनले अाफ्नाे जित सुनिस्चित भएकाे बताउछिन ।