You are here
Home > राजनीति > बामतालमेल प्रति एमाले ईमान्दार बनेन – माअाेबादि केन्र्द

बामतालमेल प्रति एमाले ईमान्दार बनेन – माअाेबादि केन्र्द

३० कार्तिक २०७४, बिहीबार ०२:३८

भक्तपुर /

पार्टी एकता नै गर्ने गरि चुनावी गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र ) बीच देशैभर चुनावी चहलपहल शुरु हुदा भक्तपुरमा भने मङ्सिर १ बाट संयुक्त चुनावी अभियान चल्ने भएको छ । भक्तपुरमा बाम गठबन्धन प्रति नेकपा एमाले इमान्दार नबनेको आरोप लगाइरहेको माओबादी केन्द्रले ‘यु टर्न’ गर्दै गठबन्धनलाइ टुट्नबाट बचाएपछि भक्तपुरमा पनि बाम चहलपहल शुरु भएको हो ।

बुधवार सुर्यबिनायाकको एक पार्टी प्यालेसमा संयुक्त पत्रकार भेटघाट गर्दै दुवै पार्टीले संयुक्त प्रेस बिज्ञप्ति मार्फत मङ्सिर १ गते बाट संयुक्त रुपमा प्रचार प्रसारमा होमिने निर्णय गरेको सार्वजनिक गरेका छन् ।
नेकपा एमाले भक्तपुरका इन्चार्ज सोम मिश्र र माओबादी केन्द्र भक्तपुरका का इन्चार्ज देवेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा पार्टी एकता संयोजन समिति समेत गठन गरिएको बताइएको छ ।

एकता संयोजन समितिमा एमाले बाट नेताहरु सोम मिश्र , राजेन्द्र राजथला , महेश बस्नेत , निर्मल भट्टराई , सरस्वति बाटी , राजेन्द्रमान श्रेष्ठ , बचन देउजा , हरिशरण लामिछाने , बासुदेब थापा , र नवराज गेलाल रहेका छन भने माओबादी केन्द्र बाट नेताहरु देवेन्द्र श्रेष्ठ , प्रतिभा श्रेष्ठ , डीपी ढकाल , शुरेश न्यौपाने , मिलन सुवाल , ओम वाग्ले ,अन्जु नेउपाने लगायत परेका छन ।

२ बटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक एक वटा निर्वाचन क्षेत्र बाडफाड गरि चुनावी तालमेल गरेका एमाले र माओबादी केन्द्र बीच माओबादी केन्द्रको भागमा परेको क्षेत्र नम्बर १ को प्रदेश सभा १ क मा एमालेको पनि उम्मेद्वारी परेपछि सम्बन्ध चिसिएको थियो । माओबादी केन्द्र भक्तपुरका संयोजक समेत रहेका जुझारु नेता डीपी ढकालले बाम गठबन्धनका तर्फ़बाट संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएको केही घण्टा पछि एमालेको एक गुटको नेतृत्व गर्दै सोही क्षेत्रमा हरिशरण लामिछानेले एमालेको तर्फ़ बाट सुटुक्क छुट्टै उम्मेदवारी दर्ता गराएका थिए ।

बारम्बार आपसी छलफल चलाएका भएपनि एमाले इन्चार्ज सोम मिश्रको दबाबमा लामिछानेले उम्मेदवारी फिर्ता लिन नमानेपछि धेरैले गठबन्धन टुट्ने आशंका गरेका थिए ।

एमाले अध्यक्ष केपी ओलीको निवासस्थल समेत रहेको भक्तपुरमा बाम गठबन्धन टुट्नु नराम्रो हुने भन्दै केन्द्रले हस्तक्षेप गरी माओबादी केन्द्रका उम्मेदवार डीपी ढकाललाई उम्मेदवारी फिर्ता लिन लगाएपछि कुरा मिलेको एमालेका एक नेताले जानकारी गराए ।

पार्टी एकताको कुरा नै प्रमुख प्राथमिकतामा रहेकोले पार्टीगत स्वार्थ भन्दा माथि उठेर माओबादी केन्द्रले चुनावी अभियान संयुक्त रुपमा चलाउनुको बिकल्प नभएको माओबादी केन्द्रका सह इन्चार्ज सुरेश न्यौपानेले इभक्तपुरलाइ बताए । यद्यपी माओबादी केन्द्रबाट उम्मेदवारी फिर्ता गरेका डीपी ढकालको भने कार्यक्रममा उपस्थिति देखिएन । ढकाल संग बारम्बार टेलीफोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन ।
कार्यक्रममा एमाले र माओबादी केन्द्रले निर्वाचनका लागि चुनावी कमान्डर समेत तोकेको जानकारी गराइएको छ ।तीता मिठा कुरा त्यागेर अब नया शिरा बाट बाम उम्मेदवारहरुलाई विजय गराउन ससक्त रुपमा संयुक्त अभियान चलाउने दुवै दलले दावी गरेका छन ।

भक्तपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि माओबादी केन्द्रका तर्फबाट बाम गठन्धनका उम्मेदवार मिलन सुवालको उम्मेद्वारी परेको छ भने उक्त क्षेत्रमा प्रदेश सभाका लागि १ क मा अब एमालेका हरिशरण लामिछाने र १ ख मा रोमन सिलाकार मैदानमा रहेका छन् भने क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा एमालेबाट बाम गठबन्धनका उम्मेदवार महेश बस्नेत रहेका छन् भने प्रदेश सभाका लागि २ क मा शशि जंग थापा र २ ख मा राजेन्द्रमान श्रेष्ठले प्रतिष्पर्धा गर्दैछन ।

समानुपातिक उमेदवारमा माओबादी केन्द्रले नेता देवेन्द्र श्रेष्ठ , प्रतिभा श्रेष्ठ , सुचित्रा श्रेष्ठ र उमा कपालीको नाम परेको छ भने एमाले बाट समानुपातिकमा सरस्वति बाटीको नाम रहेको छ ।