You are here
Home > कला > त्रिशुलिमा खसेकाे बसका ३१ यात्रुकाे शबलाई उद्दार गर्ने भट्टराई शान्ति मिसनमा उत्कष्ट पर्न सफल

त्रिशुलिमा खसेकाे बसका ३१ यात्रुकाे शबलाई उद्दार गर्ने भट्टराई शान्ति मिसनमा उत्कष्ट पर्न सफल

३० कार्तिक २०७४, बिहीबार ०२:५२

काठमाण्डाै |

त्रिशूलीमा खसेको बसका ३१ शवलाई यात्रुकोनीबाट बाहिर ल्याउन सफल भट्टराई शान्ति मिसनमा उत्कृष्टका नाममा छनोट भएको छ।  विगतमा उत्कृष्टका नाममा शक्ति केन्द्रको पहुँच र दबाबमा नाम छनोट गरिने गरिएकोमा यो पटक सशस्त्रले विवादरहित ढंगले नाम छनोट गरेको हो।

छनोटमा पर्नेमा जवानद्वय डिल्ली भट्टराई र रमेश तामाङ, हवल्दार नन्दराम पुन र परिचर पदमप्रसाद सापकोटा रहेका छन् ।जवानद्वय भट्टराई र तामाङलाई विपद व्यस्थापनमा उत्कृष्ट काम गरेको भन्दै शान्ति मिसनमा छनोट गरिएको हो।

विपद व्यवस्थापन तालिम केन्द्रमा कुरिनटारमा ६ वर्षदेखि कार्यरत भट्टराई तिनै व्यक्ति हुन् जो दुई साताअघि त्रिशूलीमा खसेको बसका ३१ यात्रुको शवलाई पानीबाट बाहिर ल्याउन सफल भएका थिए।सशस्त्र प्रहरीका यी साहसी गोताखोरले हालसम्म दुर्घटनामा परेका डेढ सयभन्दा बढी शवलाई पानीबाट निकाल्न सफल भइसकेका छन् ।

कुरिनटार तालिम केन्द्रले यसअघि पनि उनको नाम सिफारिस गरे पनि उनी छनोटमा पर्न सकेका थिएनन्।यस्तै, जवान तामाङ पूर्वी क्षेत्रमा साहसी उद्धारकका रूपमा चिन्ने गरिन्छ । विपद व्यस्थापनमा नौलो छाप छाड्न सफल तामाङ यसअघि तीन पटकसम्म सिफारिसमा परिसकेका थिए ।

तर, तत्कालीन सशस्त्र नेतृत्वले न्याय गर्न नसक्दा उनी मिसनमा पर्नबाट वञ्चित हुँदै आएका थिए।त्यस्तै, हवल्दार पुनलाई ‘भीआईपी सेक्युरिटी’ मा उत्कृष्ट काम गरेको भन्दै छनोट गरिएको हो।परिचर सापकोटालाई ‘भान्से’ का तर्फबाट छनोट गरिएको हो ।

आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले शान्ति मिसनमा उचित अवसर दिने सशस्त्रको नीति छ।तर सो नीति यसअघि कागजमै सीमित रहेको थियो । तर यो पटक सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ स्वयं विवादरहित ढंगले नाम छान्न लागिपरेका थिए।उत्कृष्ट काम गर्नेलाई अवसर दिनुपर्छ भन्ने मान्यतामा उनी दृढ देखिएका थिए ।

 

  • 7
    Shares