You are here
Home > कला > होचा कलाकार दिपेन शाहको निधन

होचा कलाकार दिपेन शाहको निधन

३० कार्तिक २०७४, बिहीबार ०७:२८

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।

कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले श्रृद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाल एकाडेमी राख्ने पहल भइरहेको जानकारी दिए ।