You are here
Home > कला > बोल्न नजान्दा नीति शाहको चर्को आलोचना (भिडियो सहित)

बोल्न नजान्दा नीति शाहको चर्को आलोचना (भिडियो सहित)

३० कार्तिक २०७४, बिहीबार ०७:४४

काठमाडौ |
‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेकी मोडल नीती शाह आलोचना भइरहेको छ । ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै नीती जापान पुगेकी हुन् ।

नेपालबाट प्रतिनिधित्व गर्ने सहभागीले नेपालको बिषयमा अन्य देशका प्रातियोगी, आयोजक तथा त्यहाँका जनतालाई राम्रो सन्देश दिन निकै आवश्यक छ । तर, नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्लेटर्फममा पुगेकी नीतीले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा बोलेको कुराले राम्रा भन्दा पनि नराम्रा प्रतिक्रिया धेरै आएको छ । नीतीले अन्तरराष्ट्रिय प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गरेकी हुन् । उनिबाट नेपालले पनि ठूलै आशा गरेको थियो ।

जापानमा आयोजित ‘मिस इन्टरनेशनल’को एक कार्यक्रममा नीतीले नेपाली महिलाको बारेमा दिएको बयानका कारण सामाजिक संजालमा यो कुरा अहिले सर्वाधिक विवादित बनिरहेको छ । उनले नेपाल विकासोन्मुख राष्ट्र भएको र शिक्षाले सामाजिक बिकासमा लिनु पर्ने गति लिन नसकेको स्थितिमा नेपालको महिला शिक्षाको बारेमा आफ्नो मन्तब्य राखेकी थिइन् ।