You are here
Home > राजनीति > प्रचण्डलाई पुत्र शाेक परेपनि संयुक्त चुनाबी सभा संसिर ५ मै हुने ।

प्रचण्डलाई पुत्र शाेक परेपनि संयुक्त चुनाबी सभा संसिर ५ मै हुने ।

३ मंसिर २०७४, आईतवार १३:१८

चितवन ३ कार्तिक ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले यही मंसिर ५ गते चितवनको भरतपुरमा गर्ने बृहत् चुनावी सभा तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ । आज आइतबार माओवादी केन्द्र चितवनको पार्टी कार्यालय भतरपुरमा बसेको वाम गठबन्धनको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा केन्द्रीय सल्लाहकार सीता दाहालका एकमात्र सुपुत्र प्रकाश दाहालको शनिबार राती अकस्मात हृदयघातबाट निधन भएपछि आज आइतबारका सबै चुनावी कार्यक्रम स्थगित गरी मंसिर ५ मा गर्ने सभा भने तोकिएकै मितिमा गर्ने निर्णय भएको हो ।
सो सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना गर्ने सभामा चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट एकलाख जनता उतार्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिनुभयो ।
सभालाई भव्य वनाउन विभिन्न उपसमितिहरु गठन गरी नियमित तयारी भइरहेको संयुक्त वाम गठबन्धन चितवनका सहसंयोजक केशवलाल श्रेष्ठले बताउनुभयो ।
सो आकस्मिक बैठकले नेकपा (माओवादी केन्द्र)का उदयमान युवा नेता प्रकाश दाहालको ३६ वर्षको अल्पायुमा भएको अप्रत्यासित र आकस्मिक दुःखद निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा देशका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्षलगायत उहाँको परिवारजन र सिङ्गो पार्टी पंक्तिमा परेको गहिरो शोकप्रति हार्दिक समवेदना व्यक्त गर्दै स्वर्गीय प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।