You are here
Home > राजनीति > घरदैलोमा प्रदीप ज्ञवालीले सम्झे ३० वर्षअघिका दिनः ज्वाई बनाएर बँचाएका थिए गाउँलेले

घरदैलोमा प्रदीप ज्ञवालीले सम्झे ३० वर्षअघिका दिनः ज्वाई बनाएर बँचाएका थिए गाउँलेले

१२ मंसिर २०७४, मंगलवार ००:१०

गुल्मी, ११ मंसिर । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले साविकको समेत क्षेत्र नम्वर १ मा आफुले आज भन्दा ३० वर्ष अघि विताएको भुमिगत राजनीतिक जिवन संर्घषवारे आफ्नो अनुभव र अनुभुतिहरु स्मरण गरेका छन् ।
साविकको १ नम्वर क्षेत्रमा दुई हप्ता सम्म घर दलै कार्यक्रमका क्रमा उति वेला देखि परिचीत बुढा पाकाहरुको धेरै नै माया र आशिर्वाद लिई रहेका उमेदवार ज्ञवालीले भुमिगत राजनैतिक जिवन ताकाको आरोह अवरोह स्मण गर्दै क्षेत्र नम्वर १ का वासीन्दालाई आफ्नो राजनैतिक गुरु भनेका छन् ।

ज्वाँई बनाएर बचाएका थिए।

मलाई सत्र वर्षको उमेरदेखि सेल्टर दिने त्यहीका युवा र वुवा आमा हुनुहुन्छ । २०४२ साल देखि म त्यस क्षेत्रबाट भुमिगत राजनीति सुरु गरेकको हुँ । पञ्चायती शासककहरुका पुलिसबाट बच्न कैयौं रात जंगलमा पनि विताईयो । एक दिनको कुरा हो मलाई समात्न भनेर पलिस एक परिवारको घरमा आए ।

त्यो घरकी आमाले उहाँ त मेरो छोरी ज्वाँई हो , बाग्लुङ्ग घरबाट आउँदै हुनुहुन्छ भनेर मलाई बचाउनु भएको थियो । जुन वेला मैले विहे गरेको थिईन् । मलाई ज्वाँई सम्वोधनले निकै अफ्ठ्यारो महुशस भएको थियो । त्यस्ता धेरै आमाहरु र वुवाहरुलाई त अहिले मैले भेटे तर वसाई सराईको समस्याका कारण उहाँलाई भने भेट्न सकिन ।

रुपन्देहीमा हुनुहुन्छ रे भेट्न जाँदै छु । वास्तवमा साविकको २ नम्वर क्षेत्र त मेरो जन्मथलो मात्रै हो, मेरो कर्मथाले भने कै साविकको १ नम्वर क्षेत्र हो । मैले पहिला पनि १ नम्वर क्षेत्र बाटै चुनाव लड्ने ईच्छा जाहेर गरेको थिएँ , पार्टीले नदिएर हो ।
यसपाली सोही क्षेत्र समेतको १ नम्वर क्षेत्र बन्नु र मैले उमेदवारी दिन पाउनु मेरो जिवन कै ठुलो शौभाग्य ठानेको छु र त्यहाँका जनताले म प्रति देखाएको उत्साहले मैले थप हौसला पाएको छु । हर्मिचौर, अर्वेनी, जयखानी , फोक्सीङ्ग, पुर्तिघाट , खड्गकोट, ग्वाघा , हरेवा, शान्तिपुर , हरौचौर , दिव्रुङ्ग , रुपाकोट लगायतका साविकका गाविसहरुमा घरदलो गरे ।

त्यस क्रममा ३० वर्ष अघिको अनुभुति भयो । त्यहाँका वुवा आमा र युवाहरुको माया र म प्रति को भरोसा पहिले जस्तैको पाएँ । अरु दल विचारमा आश्था राख्ने आमा वुवाहरुले वावु हामीले दल भन्दा पनि तपाईलाई खोजेका छौं यसपाली भनेको सुने ।