You are here
Home > राजनीति > अन्ततः विप्लवले दिए जनयुद्दको तयारी गर्न निर्देशन, अब यी ठाउँहरुमा हमला गर्न विप्लवले दिए कडा निर्देशन, अब देशमा फेरी के होला ? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

अन्ततः विप्लवले दिए जनयुद्दको तयारी गर्न निर्देशन, अब यी ठाउँहरुमा हमला गर्न विप्लवले दिए कडा निर्देशन, अब देशमा फेरी के होला ? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

१३ मंसिर २०७४, बुधबार ००:०६

कालिकोट ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तालाई सशस्त्र संघर्षका लागि तयार हुन निर्देशन दिएका छन्आफ्ना शान्ति पूर्ण राजनीतिक गतिविधीमाथि राज्यले दमन गरेको भन्दै विप्लवले कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् ।

चार नम्बर प्रदेशको कालिकोट जिल्लामा विहिबार युवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै उनले अब बन्दुकको जवाफ बन्दुकबाटै दिनुपर्ने बेला आएको बताएका हुन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आक्रोशित हुँदै भने शान्ति पूर्ण राजनीतिमा अवरोध हुन्छ भने विकल्पमा जानै पर्छ, तयार हुनुहोला । चुनाव विथोल्ने गतिविधी गरेको भन्दै आफ्ना कार्यकर्ता पक्राउ पर्न थालेपछि उनले कालिकोटमा पुगेर त्यस्तो निर्देशन दिएका हुन् ।

 

महासचिव विप्लवले अबको १० देखि १५ बर्षभित्रमा राज्यसत्ता आफ्नो नियन्त्रणमा आउने बिश्लेषण सुनाएका छन् । उनले भने, अहिलेको राज्यव्यवस्थाबाट उत्पीडनमा परेको वर्गसँग संवाद बढाउन निर्देशन दिदै कार्यकर्तालाई भने, ‘अब इटका जवाफमा कपासले दिएर बस्न सकिदैन ।’

 

कार्यकर्ता निराश/ विप्लव उत्साहित

 

पार्टीले चुनाव बहिष्कार गर्दा आफ्ना भएका समर्थक समेत मुल पार्टीमा फर्किएपछि कार्यकर्ता निराश बनेका थिए । यस्तै सक्रिया अधिकाशं कार्यकर्ता सुरक्षा निकायको निगरानी र गिरफ्तारमा पर्न थालेपछि कार्यकर्तामा निराशा छाएको थियो ।

त्यसैबेला उनले युवा कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिदै हतियार सहितको संघर्षका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिएका हुन् ।