You are here
Home > राजनीति > गाैसलालाई अाैधाेगिक कृषी नगर बनाउछु /मन्त्री पाेखरेल,

गाैसलालाई अाैधाेगिक कृषी नगर बनाउछु /मन्त्री पाेखरेल,

१३ मंसिर २०७४, बुधबार ०२:५८

 

१३ मंसिर / महोत्तरी, गौशाला

बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले गौशाला नगरलाई कृषिमा आधारित औधोगिक नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ अन्तर्गतको गौशाला नगरपालिका-११ बटौवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै पोखरेलले महोत्तरी कर्णाली जिल्ला भन्दा पनि पछाडी परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

महोत्तरीलाई कृषिको क्षेत्रमा नया परिवर्तन ल्याउनु आवश्यक रहेको भन्दै पोखरेलले शिक्षा क्षेत्रमा पनि महोत्तरी धेरै पछि परेकोले शिक्षाको क्षेत्रमा आमूल विकास गर्न बाम गठबन्धनलाई अत्याधिक मतले बिजयि गराउन आग्रह गर्नुभयो ।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले नयाँ जनादेश दिएर महोत्तरी जिल्लालाई लाल महोत्तरी बनाउन आम मतदातालाई अनुरोध गर्नुभयो ।
हामी महोत्तरीलाई मधेस र पहाड बिचको एकता भएको नमुना जिल्ला बनाउछौ पोखरेलले भन्नुभयो : हामी सबै मिले मात्र देश सम्बृद्द हुन्छ ।
क्षेत्रीयतावादी राजनीति गर्नेहरू ले मधेसलाई बिभाजन गर्न खोजेको आरोप लगाउदै पोखरेलले काग्रेस र मधेसवादी दल सङ्ग कुनै योजना र एजेन्डा नभएर जातीय सद्भाव खलबलाउन खोजेको बताउनुभयो ।

चुनावी सभामा महोत्तरी जिल्ला क्षेत्र नम्बर एक का प्रदेश सभा दुईका उम्मेदवार भरत शाहले निर्वाचनपछि महोत्तरी जिल्लाको विकासको निम्ति बिशेष प्याकेजको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।