You are here
Home > कला > शिरफूल चलचित्रको गीत सार्वजनिक (भिडियो सहित)

शिरफूल चलचित्रको गीत सार्वजनिक (भिडियो सहित)

१३ मंसिर २०७४, बुधबार ०८:२७

काठमाडौं ।

माघ महिनाको वरिपरी प्रदर्शनको तयारीमा रहेको “शिरफूल” चलचित्रको शीर्षगीत “शिरैमाथि शिरफूल” सार्वजनिक भएको छ । गीतमा निर्देशक कमल एक्चै मगर स्वयम् आफैले पनि अभिनय गरेका छन् ।

मगरस क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको “शिरफूल” चलचित्रमा बढ्दो आधुनिकताको प्रभाव सँगै युवा पुस्तामा देखिएको विविध विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु नै शिरफूल चलचित्रको मुख्य आत्मा हो ।

चलचित्र विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको निर्देशक कमलले बताए । उनले भने, ‘नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने विश्वास लिएको छु।’

निर्माता आशिर्बाद पुनमगरले भने ‘चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक गरिने र विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको छ ।उनले भने, ‘शिरफूलले स्वदेशको प्रदर्शनको लागि छिट्टै प्रत्रकार सम्मेलन गरि मिति छौ ।’

चलचित्रमा मगरस क्रियशन इन्भेष्टमेन्ट कम्पनीका संचालक आर्शिवाद पुन मगरले लगानी गरेका छन् भने, कमल एक्चै मगरले निर्देशन गरेका छन् । नायिका मरिष्का पोखरेलको अभिनय रहेको उक्त गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगरले गरेका छन् ।