You are here
Home > कला > चलचित्र “म्ले क्यु “को छायाँकन स्याङ्जामा

चलचित्र “म्ले क्यु “को छायाँकन स्याङ्जामा

१३ मंसिर २०७४, बुधबार ०९:१८

स्यांजा |

गुरुङ समुदायको भाषा, संस्कार संस्कृति बोकेको ऐतिहासिक गुरुङ चलचित्र “म्ले क्यु” अर्थात् (बिर्साउने पानी) चलचित्रको शुटिङ पोखराबाट सुरु भएर स्यांजा पुगेको हो । चलचित्रमा नायिका रिया गुरुङ र अभिनेता माओत्से गुरुङको मुख्य अभिनय रहेको छ ।

स्टार्स स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा गुरुङ जातिको मृत संस्कार भित्र पर्ने अर्घौ कार्य गर्दा पितृलाई कसरी म्ले क्यु खुवाईन्छ भन्ने कथाबस्तु नै चलचित्रको आत्मा हो । भौतिक संसारबाट मृत आत्मालाई म्ले क्युको माध्यमबाट कसरी टाढा गराईन्छ भन्ने बिषयलाई देखाउन खोजिएको चलचित्र निर्देशक जसु गुरुङले जानकारी दिए ।

रोशन गुरुङको कथामा निर्माण हुनलागेको चलचित्रमा जसु गुरुङको निर्देशन रहेको छ भने, राजन पूँवर र सुदर्शन गुरुङको सह–निर्देशन रहेको छ । निर्मातामा बिजमाया गुरुङ यु.के, मिना गुरुङ यु.के, शक्ति गुरुङ यु.के, दिल माया गुरुङ यु.के, रिमा गुरुङ यु.के, विष्णु गुरुङ यु.के, जान्बी गुरुङ पोखरा, पुष्पा गुरुङ पोखरा, क्या.रुपबहादुर गुरुङ पोखरा गरी सामुहिक रूपमा लगानी गरेका छन्  । कला निर्देशक शिव गुरुङ र निर्माण नियन्त्रकमा डि.बी. गुरुङले गरेका छन् । छायाङ्कन प्रकाश गुरुङ (कास) र भेषभुषामा एलिसा गुरुङले गरेकी हुन् । सोम गुरुङ, डि.बी. गुरुङ, कमल गुरुङ, विरमाया गुरुङ, कृष्टी गुरुङ, प्रतिमा गुरुङ, एन्सर्ज गुरुङ र बाल कलाकार रोनित गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आगामी ल्होसार पश्चयत प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।