You are here
Home > राजनीति > मधेस तराईकाे बिकासकालागी बिशेष कार्यक्रम ल्याउछु-पाेख्रेल

मधेस तराईकाे बिकासकालागी बिशेष कार्यक्रम ल्याउछु-पाेख्रेल

१४ मंसिर २०७४, बिहीबार १६:३१

१४ मंसिर/महोत्तरी

महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ एक अन्तर्गतको बर्दिबास नगरपालिकाको विभिन्न स्थानमा सयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बर्दिबास नगरपालिका -४ को कामिडाडा, नया बजार, बरडाडा र बर्दिबास-१४ को बर्दिबास बजारमा चुनावी सभा सम्पन्न भएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य, बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले मधेस तराईको विकासका लागि बिशेष कार्यक्रम ल्याउने उद्घोष गर्नुभएको छ ।

मधेसको विकासमा आफू निरन्तर कृयाशिल रहेको प्रष्ट पार्दै पोखरेलले चुनावको बेलामा मात्रै विकासका कुरा गर्ने उम्मेदवारलाई पहिचान गर्न आग्रह गर्नुभयो ।
विपक्षी उम्मेदवारहरुले जातीय कुरा उठाएर भ्रम छर्न खोजेको बताउदै पोखरेलले विकासका कुनै एजेण्डा नै नभएपछि जातीय, क्षेत्रीय कुरा निकालेर मतदाता झुक्याउन खोजेको आरोप लगाउनुभयो ।

यस अघि दुई पटक सम्म महोत्तरीका जनताले मतदान गरि बिजयी गराएको स्मरण गर्दै पोखरेलले अबको निर्वाचन बिकास र समृद्धिको लागि भएकोले बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
स्थानीय बासिन्दाको खानेपानी र बाटो को समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी सभामा महोत्तरी जिल्ला क्षेत्र नम्बर एक का प्रदेश सभा एक का उम्मेदवार सारदा थापाले महोत्तरी जिल्ला बामपंथीहरुको लालकिल्ला बनाइ राख्नको लागि प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बाम गठबन्धनलाई बिजयी गराउन अपिल गर्नुभयो ।