You are here
Home > कला > ‘राज्जा रानी’ फिल्मको ट्रेलर सार्वजनिक (भिडियो सहित)

‘राज्जा रानी’ फिल्मको ट्रेलर सार्वजनिक (भिडियो सहित)

१५ मंसिर २०७४, शुक्रबार २०:०५

काठमाडौँ |
फिल्म ‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजजिक गरेको हो।

‘राज्जा रानी’मा नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको छ। ट्रेलरमा शीर्ष भूमिकामा देखिएका केकी र नाजिरका साथमा कामेश्वर चौरसिया पनि प्रमुख दृश्यहरुमा देखिएका छन्।

फिल्ममा नेपालको पश्चिम तराईको समसामयीक अवस्था, जनजाति समुदायको संवेदना र प्रेमकथालाई मुख्य विषय बनाइएको छ। फिल्म नेपालीका अलावा मैथिली भाषामा नेपाल– भारत दुवै देशमा रिलिज हुने निर्माता एमके पौडेलले जनाकारी दिए।

पुस २८ बाट सार्वजनिक प्रदर्शनमा आउने यस फिल्मको गीत र टिजर यसअघि नै सार्वजनिक भइसकेका छन्।

फिल्मको निर्देशन यम थापाले गरेका छन्। फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छयांकन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।