You are here
Home > राजनीति > नेपाल भारत सिमा बन्द गर्ने तयारी भैसक्याे -सुरक्षा प्रमुखहरु

नेपाल भारत सिमा बन्द गर्ने तयारी भैसक्याे -सुरक्षा प्रमुखहरु

१७ मंसिर २०७४, आईतवार ०९:२२

दाेस्र्राे चरणकाे  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न चुनाव हुनुभन्दा तीन दिनदेखि नै नेपाल–भारत सीमा बन्द गरिने भएको छ।

केहिदिन अघिमात्र प्रधान मन्त्रि सेरबहादुर देउवाले सबै सुरक्षा दलाका प्रमुखहरुलाई बाेलाएर यसबारेमा जानकारी लिएकाे स्वकिय सचिब भानु देउवाले जानकारि दिए ।साे भेटमा चुनाबमा भएका बिभिन्न सुरक्षा ब्यवस्थालाई चुस्त दुरुस्त पार्न समेत निर्देशन दिएकाे बताईएकाे छ ।

दुई देशका सुरक्षा अधिकारीको बैठकको निर्णयअनुसार दुवै देशले चुनावको ७२ घण्टाअघि नै सीमा बन्द गर्ने सहमति भए अनुसार अब काे केहि ठिक १ दिन पछि  अर्थात १८ गते बेलुि राती १२ बजेबाट लागु हुने एक सुरक्षा प्रमुखले बताउनुभयाे  जसअनुसार मंसिर १८ गतेदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकीय सेवाबाहेक अन्य सबै प्रकारका आवात जावत निषेध गरी सीमा सील गरिने उहाँले बताउनुभयो।

 

यसैबीच आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै देसका प्रमुख सीमा इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतबाट कुनै पनि व्यक्ति घूसपैठ गरेर निर्वाचनविरोधी क्रियाकलाप नगरुन भनेर सुरक्षा व्यवस्था कडा पारिएको हो।

जसका लागि नेपाल र भारतका सुरक्षा अधिकारीले संयुक्त गस्ती शुरू गरेका छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले संयुक्त गस्ती सञ्चालन गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिनुभयो।

‘चुनाव विरोधी गतिविधिमा भारतबाट ल्याइएका विस्फोटक पदार्थ प्रयोग भएको र ठाउँठाउँमा भारतीय नागरिकसमेत पक्राउ भएको खबरपछि हामी अझ चनासो भएर सुरक्षा व्यवस्थामा कडाइ गरेका छौं’, उहाँले भन्नुभयो– ‘भारतबाट कुनै पनि अवाञ्छित गतिविधि नहोस् भनेर संयुक्त गस्तीको व्यवस्था मिलाइएको छ।’

देशैभरी नेपाल कम्युनिष्ट पार्टी बिप्लप समुहले चुनाब बिथाेल्न ठाउठाउमा बम बिस्फाेट गराएकाे कुरा प्रति लक्षित गर्दै सिमा नाका बन्दगर्नमात्र नभई बिभिन्न बुथकेन्द्रहरुमा समेत सान्तिसुरक्षाकाे प्रतिभुति गराई जनतालाई अाफ्नाे मत हाल्नजान कुनै कठिन नपर्ने समेत एक   सुरक्षा अधिकारी बताउछन ।