You are here
Home > कला > ‘लालपुर्जा’मा सौगात देखि विपिन सम्म कमेडीमै रमाउदै (भिडियो)

‘लालपुर्जा’मा सौगात देखि विपिन सम्म कमेडीमै रमाउदै (भिडियो)

१७ मंसिर २०७४, आईतवार २२:३५

काठमाडौं |

आजभोली नेपाली चलचित्र बगैचामा कमेडी थपीहाल्ने चलन नौलो त् होइन ।  ‘लालपुर्जा’ चलचित्रको गीतमा पनि सौगात देखि विपिन सम्मको कलाकारहरु कमेडीमै रमाउदै गरेको गीतको भिडियो सार्बजनिक भएको छ ।

सौगात मल्ल पछिल्लो समय लगातार कमेडी जनराका चलचित्रमा देखिदै आएका छन्। ‘मेरो पैसा खोई’, ‘फाटेको जुत्ता’ ,’ झ्यानाकुटी’ हुदै ‘लालपुर्जा’ सम्म लगातार उनि कमेडी जनरामा देखिदै आएका छन्। केहि महिनाको अन्तरालमा नै लगातार उस्तै प्रकृतिको चलचित्रमा देखिन आएका सौगातको चलचित्र ‘लालपुर्जा’मा फेरी त्यहि शैली देख्न सहिन्छ ।

गीतमा चलचित्रका मुख्य कलाकार फिचरीङमा रहेका छन्। जेसन कुँवरको शब्द तथा संगीतमा तयार भएको ‘मितेरी एन्थम’ बोलको गीतमा जेसन कुँवर, अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई र पुष्पा पलान्चोकेको आवाज रहेको छ।

चलचित्रमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ। निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका छन्। चलचित्र माघ ४ गतेबाट रिलिज हुदैछ।