You are here
Home > कला > उसुकी करुनालाई चीनमा कांस्य पदक

उसुकी करुनालाई चीनमा कांस्य पदक

१७ मंसिर २०७४, आईतवार २२:५५

काठमाडौं |

उसुकी करुना महर्जनले नेपाललाई चीनमा कांस्य पदक दिलाएकी छिन । महर्जनले उसुको थाइची छ्वानमा स्पर्धामा कांस्य पदक जितेकी हुन् ।

४ औं क्यापिटल इनटरनेशनल युनिर्भसिटी स्टुडेन्ट उसु च्याम्पियसीप प्रतियोगितमा ८.७८ स्कोर गर्दे उनले कास्य जितेकी हुन् । करुना तीन महिना अघिमात्र चाइनामा खेलकुद विज्ञान पढ्ने गएकी हुन् ।

करुनाले चीनमा गएको केही समयमै कास्य जित्दा एकदमै खुसी लागेको बताइन् । उनले भनिन् , ‘ मलाई एकदमै खुसी लागिराछ । यस अवस्थामा गुरु राजु महर्जन , राजिब महर्जन, मछा रत्न महर्जन, मनमैजु उसु परिवार दाईहरु बिर्रमान वाइबा विश्व बुढा मगर सम्झिरहेकी छु ।’

प्रतियोगितमा रसियका एलिना जेभिन्टासिभाले ९.०३ स्कोर गर्दे स्वर्ण पदक जितिन् । भने मकाउको वाइ पुइ सिले ८.९ स्कोर ल्याउँदै रजत पदक जितिन् ।