You are here
Home > राजनीति > जातियता र क्षेत्रियताबादी राजनिति गरेर मधेसकाे समृद्दि हुदैन-पाेखरेल

जातियता र क्षेत्रियताबादी राजनिति गरेर मधेसकाे समृद्दि हुदैन-पाेखरेल

१८ मंसिर २०७४, सोमबार १९:४८

 

१८ मंसिर/महोत्तरी, भङगाहा

सुनिल खडका ,

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले जातियता र क्षेत्रीयतावादी राजनीति गरेर मधेसको समृद्धि नहुने बताउनु भएको छ ।

मधेस को नाउँमा पृथकतावादी राजनीति गर्नेहरुले जात र रङको आधारमा मधेसी जनतालाइ फुटाउन र जुधाउन खोजेको पोखरेलले आरोप लगाउनुभयो ।

बाम गठबन्धनको आयोजनामा महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ अन्तर्गतको भङगाहा नगरपालिका वडा नम्बर -५ को सितापुर बजारमा आयोजित बिशेष सास्कृतिक सभालाई सम्बोधन गर्दै पोखरेलले मधेस तराईको विकासका लागि बिशेष कार्यक्रम ल्याउने उद्घोष गर्नुभएको छ ।

मधेसको विकासमा आफू निरन्तर कृयाशिल रहेको प्रष्ट पार्दै पोखरेलले चुनावको बेलामा मात्रै विकासका कुरा गर्ने उम्मेदवारलाई पहिचान गर्न आग्रह गर्नुभयो ।
विपक्षी उम्मेदवारहरुले जातीय कुरा उठाएर भ्रम छर्न खोजेको बताउदै पोखरेलले विकासका कुनै एजेण्डा नै नभएपछि जातीय, क्षेत्रीय कुरा निकालेर मतदाता झुक्याउन खोजेको आरोप लगाउनुभयो ।

यस अघि दुई पटक सम्म महोत्तरीका जनताले मतदान गरि बिजयी गराएको स्मरण गर्दै पोखरेलले अबको निर्वाचन बिकास र समृद्धिको लागि भएकोले बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

काग्रेसको नितिले देशलाई पराधिन बनाएको बताउदै पोखरेलले काग्रेसले यथास्थितिवादी राजनीति गरेको आरोप लगाउनुभयो ।
काग्रेसको गठबन्धन प्रजातान्त्रिक गठबन्धन नभई दक्षिण पन्थीहरुको गठवन्धन भएको पोखरेलले बताउनुभयो ।
राजतन्त्रको पक्षधर र गणतन्त्रको बिरोधिहरु सङ्ग मिलेर कसरी लोकतान्त्रिक गठबन्धन हुन्छ ? पोखरेलले भन्नुभयो : परिवर्तनका लागि जनयुद्ध को बेला मधेसका १३ सय युवा सहिद भएका छन । सहिदको सपना पुरा गर्न पनि बाम गठबन्धनलाई बिजयी गराउनुहोस ।

समग्र महोत्तरी जिल्लाको विकासको निम्ति कृयाशिल रहेको प्रष्ट पार्दै बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले महोत्तरी जिल्लामा मेडिकल कलेज, कृषि क्यापस लगायत सडक/बाटो, शिक्षा, स्वास्थ र कृषिको क्षेत्रमा उल्लेख्य काम भएको स्मरण गर्नुभयो ।
म कुनै एक क्षेत्रमा सिमित हुन्न चाहन्न पोखरेलले भन्नुभयो : समग्र महोत्तरीको विकासमा निरन्तर लाग्नेछु ।
निर्वाचित भएपछि पहिलो काम संविधान ले निर्दिष्ट गरेका अधिकार जनतालाई दिलाउछु । पोखरेल भन्नुभयो जनताको सेवा गर्नु बाहेक मेरो अरु कुनै स्वार्थ छैन ।

सभालाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक समितिका पुर्व सभापति रन्जु कुमारी झाले स्वच्छ, सादगी, निष्ठावान र इमानदार नेता गिरिराजमणि पोखरेललाई बिजयी गराउन आग्रह गर्नुभयो ।

महोत्तरीले एकजना कुशल र विकासप्रेमी राष्ट्रिय नेता पाएकोमा गौरव गर्नुपर्ने बताउदै झाले गिरिराजमणि पोखरेल समग्र मधेसको शान र प्रतिष्ठा भएकोले महोत्तरी क्षेत्र नम्बर-१ बाट अत्याधिक मतले बिजयी गराउन अपिल गर्नुभयो ।

पोखरेलले शिक्षा ऐन र स्वास्थ बिमा ऐन ल्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै समग्र शिक्षा र स्वास्थ को विकास को लागी गिरिराजमणि पोखरेल आवश्यक रहेको झा को भनाइ थियो ।

पोखरेलले स्वास्थ बिमा संशोधन सहित पारित गराउनुभयो झा ले भन्नुभयो : गगन थापा ले प्रचार मात्रै गरे काम चाहिँ पोखरेलको गर्नुभएको हो ।

पोखरेलले २ नम्बर प्रदेश लाई शिक्षा र स्वास्थ को क्षेत्रमा आमूल परिवर्तन गर्ने अपेक्षा लिएको बताउदै झा ले पोखरेल राष्ट्रिय नेता भएकोले परिवर्तनमा पोखरेलको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो ।

सभामा प्रदेश सभा-१ कि उम्मेदवार सारदा थापाले महोत्तरीको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।थापाले मतदान गर्दा सचेतता अपनाउन आग्रह गर्दै मतदाता शिक्षा पनि दिनुभयो ।
,,,,,,,,

काग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

भङ्गाहा नगरपालिका-३ का नेपाली काग्रेसका स्थानीय नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
आज भङ्गाहामा आयोजित चुनावी सभामा नेपाली काग्रेसका आनन्द चौधरी, रामजिवन चौधरी, प्रभात सिह, शिव सदा, रामलखन सिह सहित माओवादी केन्द्र प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य, बिना बिभागिय मन्त्री एवम महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो ।