You are here
Home > अर्थ/बजार > रुकुममा हिमपात

रुकुममा हिमपात

१९ मंसिर २०७४, मंगलवार २०:०६

 

रुकुम |

रुकुमका हिमाली क्षेत्रहरुमा हिमपात सुरु भएको छ । शोमबारदेखी आकाशमा वादल लागेको भएपनि मंगलबार अपरान्हबाट उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

रुकुमका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएसँगै रुकुम पश्चिमको सदरमुकाम मुसिकोट समेत चिसो बढेको छ । यस्तै रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा पनि निकै चिसो बढेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातका कारण स्थानियहरु घरदेखी बाहिर निष्कन सकेका छैनन् ।

हिउ नपरेको अन्य ठाउँमा पनि पानी परिहरेका कारण स्थानीय प्रभावित बनेका हुन । चिसोका कारण सरकारी कार्यालयमा सेवा लिन आउने सर्बसाधारणहरुको संख्या पनि न्यून रहेको छ ।

रुकुम पुर्वका सिस्ने, मैकोट, हुकाम, रन्मा, अर्जल, तकसेरा तथा रुकुम पश्चिमका गोतामकोट, स्यालाखदी लगाएतका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएपछि जनजिवन प्रभाबित भएको छ ।

  • 13
    Shares