You are here
Home > कला > रहेन्न बलिउड अभिनेता शशि कपुर

रहेन्न बलिउड अभिनेता शशि कपुर

१९ मंसिर २०७४, मंगलवार २०:१७

काठमाडौं |

बलिउड अभिनेता शशि कपुरको सोमबार निधन भएको छ। उनलाई छातीमा भएको संक्रमणका कारण अन्धेरीस्थित कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना गरिएको थियो।

चर्चित अभिनेता पृथ्वीराज कपुरका छोरा शशिले सन् १९६१ मा फिल्म ‘धर्मपुत्र’बाट बलिउड इन्ट्री गरेका थिए। उनले सन् १९४८ मा ‘आग’ फिल्ममा बाल कलाकारको भूमिकासमेत निर्वाह गरेका थिए। ‘पद्मभूषण’ र ‘दादा साहेब फालके’ सम्मान प्राप्त गरेका शशिले ११६ वटा हिन्दी फिल्ममा काम गरेका थिए।

शशि कपुरले केही अंग्रेजी फिल्ममा पनि अभिनय गरेका छन्। उनले ‘जब जब फूल खिले’, ‘वक्त’,  ‘शर्मिली’, ‘दिवार’, ‘कभी कभी’, ‘सत्यम् शिवम् सुन्दरम्’, ‘जुनुन’, ‘त्रिशुल’, ‘सुहाग’, ‘प्यारका मौसम’,  ‘कलियुग’, ‘नमक हलाल’, ‘न्यू दिल्ली टाइम्स’ जस्ता सफल फिल्ममा अभिनय गरेका छन्।

सन् १९८४ मा पत्नी गुमाएका शशिका एक छोरी र दुई छोरा छन्। उनकी पत्नी जेनिफर केन्डलको क्यान्सरका कारण मृत्यु भएको थियो।