You are here
Home > कला > नेपालको पहिलो मिस्टर विश्वकर्मा सिमान्त, सोनिया भइन मिस विश्वकर्मा

नेपालको पहिलो मिस्टर विश्वकर्मा सिमान्त, सोनिया भइन मिस विश्वकर्मा

१९ मंसिर २०७४, मंगलवार २२:४३

काठमाडौँ, |

नेपालको पहिलो मिस्टर विश्वकर्माको उपाधी सिमान्त बराइलीले जितेका छन् । परिवर्तन इभेन्ट हाउसले प्रथम पटक आयोजना गरेको मिस्टर विश्वकर्मा २०१७ को उपाधी रामेछापका सिमान्त बराइलीले जित्न सफल भएका हुन् । मिस विश्वकर्मा – २०१७ सिजन २ को उपाधी भने सोनिया विश्वकर्माले जितेकी छिन् ।

आइतबार जमल स्थित राष्ट्रिय नाच घरमा आयोजना गरिएको सो प्रतियोगिताको ग्रेण्ड फिनालेमा सोनिया र सिमान्तलाई मिस र मिस्टर विश्वकर्मामो उपाधी प्रधान गरिएको हो ।

मिस विश्वकर्मा – २०१६ मा फस्ट रनर्स अप र सेकेण्ड रनर्स अपको घोषणा गरे पनि यस पाली मिस विश्वकर्मा र मिस्टर विश्वकर्मा मात्र घोषणा गरिएको छ । यद्यपी प्रतियोगितामा सहभागी प्रतिस्पर्धीबाट फाइनल प्रवेश गरेको टप ११ लाई सव टाइटलमा बिभिन्न उपाधी प्रधान गरिएको छ ।

जसमा निशा सुनारलाई फोटाजेनिक, बिनु विश्वकर्मालाई बेस्ट ड्रेस, शुसम्पन्न रसाइलीलाई ट्यालेन्ट, रेजिना विश्वकर्मालाई चार्मिङ, सरिता रामदामलाई स्किन, खुश्बु विश्वकर्मालाई स्माइल र सोनिया विश्वकर्मालाई मिस क्याटवाक एंव मिस पपुलरको उपाधी प्रदान गरिएको छ । त्यसै गरि पुरुष तर्फ प्रल्हाद गजमेरलाई मिस्टर फोटोजेनिक, सिमान्त बराइलीलाई मिस्टर पर्सनालिटी, सुरज विश्वकर्मालाई मिस्टर ट्यालेन्ट र कमल विश्वकर्मालाई मिस्टर फ्रेण्ड्लीको उपाधि प्रदान गरिएको छ ।