You are here
Home > राजनीति > विप्लव समूहको कब्जामा स्थानीय तह /नेपाल न्युज

विप्लव समूहको कब्जामा स्थानीय तह /नेपाल न्युज

२० मंसिर २०७४, बुधबार १३:५६

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताले डोल्पाका दुई वटा गाउँपालिकाको कार्यालय कब्जामा लिएका छन् ।

आइतबार जिल्लाको जगदुल्ला र मुड्केचुला गाँउपालिकाको कार्यालयमा गाउँपालिकाका साइनबार्ड र झण्डा हटाइ आफ्नो पार्टीको झण्डा र साइनबोर्ड राखेर कब्जा गरेका हुन ।

निर्वाचन सकिएको केहि दिनदेखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा विप्लव कार्यकर्ताले विभिन्न गतिविधिहरू बढाउँदै लगेको स्थानीयले बताएका छन् ।

जिल्ला स्तरका एक नेताका अनुसार याे प्रक्रिया देसै भरि चलाउने जनाएका छन ।