You are here
Home > कला > पहिचान पुरस्कारमा सात कृति छनोट

पहिचान पुरस्कारमा सात कृति छनोट

२० मंसिर २०७४, बुधबार १७:५०

उत्कृष्ट सात कृतिमा सचित राईको ‘माङखिम’, यज्ञशको भुइयाँ, सरिता तिवारीको ‘प्रश्नहरूको कारखाना’ युग पाठकको ‘माङगेना’, श्याम सिंगकको ‘रेमिटल्यान्ड’, नवीन विभासको ‘रोल्पा सुइना’ र राज माङलाकको ‘लिम्बुनी गाउँ’ परेका छन्।

पहिचान पुरस्कार कोशका अनुसार दुई लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कार घोषणा डिसेम्बर अन्तिम सातामा गरिनेछ ।

यो पुरस्कार २०७२ मा आख्यानकार तथा कवि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’ र २०७३ मा अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ कृतिले प्राप्त गरेका थिए ।