You are here
Home > कला > मंसीर २४ देखि मण्डलामा ‘मसानटार’

मंसीर २४ देखि मण्डलामा ‘मसानटार’

२० मंसिर २०७४, बुधबार १८:४१

 काठमाडौं |

मण्डला नाटक घरमा ‘मसानटार’ नाटक यही मंसीर २४ गतेबाट मञ्चन हुँदैछ ।  पुर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो ‘मसानटार’ ।

भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु नाटकमा देखाइएको छ ।  तर यस्तो भुतप्रेत आत्माको आतंकमा गाउँमा नै बस्न रुचाउने एउटा आँटिलो युवक रुपकको कथा नाटकमा बुनिएको छ ।

मसानटार अन्धविस्वास  र आधुनिक सोच विचको लडाई भएको बताउँछन् निर्देशक प्रदिप कुमार चौधरी । उनी भन्छन्, ‘यो यथास्थीतीवादी र प्रगतिवादी विचको द्धन्द हो’ । नाटकको पात्र र घटनाहरु विम्बात्मक प्रयोग मात्र भएको निर्देशक चौधरीले बताए ।  मसानटार मेरो देशको वर्तमान प्रतिविम्ब हो, उनले भने ।

किरण श्रेष्ठ, सुदिप खतिवडा, प्रत्रिका धिमीरे, आयान खड्का, कविता धौबडेल, मिलन कार्की, बिक्रम श्रेष्ठ, सागर दाहाल, सन्देश शाक्य, कुन्दन चौधरी र पुष्कर जंग कार्कीको अभिनय रहेको नाटकको लेखन तथा निर्देशन प्रदिप कुमार चौधरीले गरेका हुन ।