You are here
Home > राजनीति > राेल्पामा बर्षामान पुनकाे अग्रता ।

राेल्पामा बर्षामान पुनकाे अग्रता ।

२१ मंसिर २०७४, बिहीबार २२:१५

 

रोल्पाबाट प्रतिनिधि सभा तर्पm १ हजार १ सय ४८ मत गणना भएको छ । गणना अनुसार प्रतिनिधि सभाका लागि लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त ६९६ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारी एवं सिंचाई राज्यमन्त्री अमरसिंह पुनको ३४३ मत पाएका छन । ५२ मत वदर भएको छ ।
प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. क को ७३८ मत गणना हुँदा बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले २९३ र नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महराले २७९ मत ल्याएका छन । ७८ मत वदर भएको छ ।
निर्वाचन क्षेत्र ख मा ७१९ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार दिपेन्द्रकुमार पुनले ५१३ र नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्रप्रकाश हमालले १३७ मत ल्याएको मुख्या निर्वाच अधिकृतको कार्यालयले जनाएको छ । ख मा ४० मत वदर भएको छ ।