
जापान |
नयाँ बर्षमा सागर आले जापान जाँदै छ । नेपाल आईडलको प्रतिस्पर्धाबाट नेपालीहरुको मन जित्न सफल गायक सागर आले मगर जापानको फुकुओकामा डिसेम्बर ३१ तारिकमा जाने भएको छ ।
यस बर्षको नयाँ बर्षमा हुन गैईरहेको लाईभ कर्न्सट (live concert ) मा नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले सागर आले सहित अन्य चर्चित कलाकार लाई फुकुओका ल्याउने भएको हो ।
फुकुओकामा नेपालीहरुको चाप बड्दै जादा कार्यक्रम पनि ब्यापक रुपमा बढिरहेको छ । हरेक महिनै पिच्छे कार्यक्रम हुने ठाउँ फुकुओकामा यो नयाँ बर्षमा भने सागर आलेको लाईभ कर्न्सट (live concert ) बाहेक अरु कुनै पनि कार्यक्रम नहुने भएको हो ।
आगामी नयाँ वर्षमा हुने कार्यक्रम फुकुओकाको हाकातामा हुनेछ । कार्यक्रमको तयारी बृहत रुपमा भैईरहेको संघका सचिब मिलन मगरले जानकारी दिनुभयो ।