You are here
Home > समाचार > बिजयको बधाई दिउँ वा शुभकामना !

बिजयको बधाई दिउँ वा शुभकामना !

२३ मंसिर २०७४, शनिबार १६:५०

गणेश चिन्तन/nepalnews

प्रिय मित्रवर !
तिम्रो जीत हुनुमा
तिम्रो बिजय हुनुमा
हिजो
कयौं खुशीहरूले
हारेका छन
कयौं आकांक्षाहरू
पराजित भएका छन
कयौं रहरहरू
तेजबोध भएका छन्
कयौं सांसारिक ईच्छाहरू
कुरकुच्चामुनि
धुलिसात भएका छन
कयौं मान्यताहरूले
बेचैनीहरू बेहोरेका छन
कयौं आत्महरू
जीउँदै
माटोमुनि पुरिएका छन
कयौं पारस्परिक
भाइचारा सम्बन्धहरू
तोडिएका छन
त्यति मात्र कहाँ हो र ?
प्रिय मित्रवर
कयौं आमाका काखहरू
खाली भएका छन
कयौं चेलीहरूका
सिउँदोहरू पुछिएका छन
कयौं छोरी ,
आमा र दिदीबहिनीहरूले
बलत्कारको
अस्रय पीडा बेहोरेका छन
त्यसकारण
म भन्छु
तिम्रो बिजयमा
कयौं पीडा
र ताडना बेहोरेका मान्छेहरू
प्रफुल्ल मन बोकेर
बिजय जुलुसमा
हिड्ने बनाउनु पर्छ
आशा र बिस्वासको सरगममा
जीउन सिकाउनु पर्छ
तिम्रो बिजय
यदि मैले माने भने
तिम्रो जीत
यदि मैले स्वीकार गरें भनें
तिम्रो बिजयमा
देशले हार्नु हुँदैन
तिम्रो बिजयमा
स्वाभिमानले हार्नु हुँदैन
तिम्रो बिजयमा
सिन्दुर
पुछिएकी चेली रूनु हुँदैन
सुस्ता र महेशपुरमा
चाँदनी र दोधारामा
जमुनी र कोईलाबासमा
बिस्तारवादी
हैकमको डण्डाले
नेपालीहरू कुटिनु हहुँदैन
श्रीमतिको चोलो फेर्न
खाडीमा गएको
भाइ छोराको
लासको बाकस आउनु भएन ।।

२०७४ मंसिर २३ , बाँके नेपालगन्ज