You are here
Home > कला > केभिन स्पेसीले नर्वेली राजाको ज्वाइँलाई यौन दुर्व्यवहार गरेको आरोप

केभिन स्पेसीले नर्वेली राजाको ज्वाइँलाई यौन दुर्व्यवहार गरेको आरोप

२४ मंसिर २०७४, आईतवार २३:२८

नर्वे |

यौन दुर्व्यवहारको आरोप लागेपछि ‘हाउस अफ कार्ड’ टेलिभिजन सिरिजबाट बर्खास्त भएका ओस्कार विजेता अभिनेता केभिन स्पेसीले आफूलाई समेत यौन दुर्व्यवहार गरेको नर्वेली राजाको भूतपूर्व ज्वाइँले बताएका छन्।

सन् २००७ मा स्पेसीले आफूमाथि यौन दुर्व्यवहार गरेको अरि बेनले जनाएका छन्। बेन गतवर्षसम्म नर्वेका राजा हराल्डकी पुत्री मार्था लुइसँग विवाहित थिए।

बेनले पाँच मिनेटको कुराकानीपछि आफूलाई चुरोट तान्न निम्त्याएको र यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। ‘त्यसपछि उनले टेबलमुनिबाट मेरो अण्डकोष समाते,’ बेनले भनेका छन्।

केभिन स्पेसी

केभिन स्पेसी

यौन दुर्व्यवहारको आरोप लागेपछि केही समयअघि स्पेसीले आफू समलिंगी भएको सार्वजनिक गरेका थिए। एजेन्सी —   -नेपालखबर बाट