You are here
Home > Front News > ‘पिजंडा ब्याक अगेन’ ट्रेलर सार्बजनिक

‘पिजंडा ब्याक अगेन’ ट्रेलर सार्बजनिक

२७ मंसिर २०७४, बुधबार १८:२२

काठमाडौं ।

‘पिजंडा ब्याक अगेन’ ट्रेलर सार्बजनिक भएको छ । मंगलबार एक कार्यक्रमकाबीच हिमाल केसी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो।

निखिल उप्रेती तथा सारा स्रिपाली स्टारर ‘पिजंडा ब्याक अगेन’को एक्सन तथा ड्रामा समिश्रित ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म माघ ४ गते रिलिज हुनेछ।

ट्रेलर सार्वजनिकी कार्यक्रममा निखिल उप्रेती अनुपस्थित थिए, जसका कारण अभिनेत्री सारा कार्यक्रमको केन्द्रबिन्दु बनिन्।

फिल्ममा निखिल तथा साराका अलावा भोलाराज सापकोटा, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराईको अभिनय रहेको छ।