You are here
Home > Front News > ‘रोमियो एण्ड मुना’ गीत, बिकिनी गर्लसँग विनयको रोमान्स

‘रोमियो एण्ड मुना’ गीत, बिकिनी गर्लसँग विनयको रोमान्स

२८ मंसिर २०७४, बिहीबार २३:१९

काठमाडौं |

‘रोमियो एण्ड मुना’ गीत सार्बजनिक भएको छ । अमेरिकामा खिचिएको गीतमा विनय दर्जन बराबर विकिनी गर्लहरुसँग रोमान्समा देखिएका छन् ।

गीतमा अभिनेता विनय श्रेष्ठ तथा पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’को ‘स्याण्डविच सङ्ग’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा सृष्टि भने फिचरिङमा छैनन् ।

नेपाली र अंग्रेजी शब्द समावेश गीतको भिडियो पछिल्लो समय सार्वजनिक हुँदै आएका नेपाली फिल्मका गीतहरु भन्दा केहि फरक बनाउने कोशिश विनयले गरेका छन् । अमेरिकाका सुन्दर दृश्य समावेश गीतमा विनय हट अबतारमा प्रस्तुत छन् ।

नरेशकुमार केसी निर्देशित फिल्ममा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी लिड अभिनयमा छन् । सार्वजनिक भिडियोको कोरियोग्राफी प्रताप सिंहले गरेका छन् भने भिडियो निर्देशन उज्जल सिंहले गरेका छन् ।