You are here
Home > Front News > चलचित्रकर्मी पुरस्कारबाट निर्देशक तथा पत्रकार सम्मानित

चलचित्रकर्मी पुरस्कारबाट निर्देशक तथा पत्रकार सम्मानित

१ पुष २०७४, शनिबार ०९:३५

काठमाण्डौँ ।

राजधानीमा चलचित्रकर्मी पुरस्कारबाट बुधबार निर्देशक तथा पत्रकार सम्मानित भएका छन । सम्मानित हुनेमा लेखक निर्देशक तथा प्राध्यापक विनोद पौडेल, वरिष्ठ लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, कलाकार तथा निर्देशक दिपाश्री निरौला, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय र रँग पत्रकार फुलमान बल रहेका छन् ।

यस मध्ये वरिष्ठ लेखक तथा निर्देशक शर्मा र वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रियलाई सम्मानपत्र सहित १५ हजार ५ सय ५५ रुपैँया र रँग पत्रकार फुलमान बललाई युवा चलचित्रकर्मी पुरस्कारको सम्मान पत्र सहित ११ हजार १ सय ११ रुपैँया प्रदान गरिएको छ ।

ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लिको आयोजनामा भएको पुरस्कार तथा सम्मान समारोहमा चलचित्र क्षेत्रमा योगदान पु¥याईरहेकाहरुलाई सम्मान गरिएको श्याम सुनिता मुखिया चलचित्रकमी पुरस्कार तथा सम्मान समारोह समितीका अध्यक्ष सुनिल मुखियाले बताएका छन् ।

समितीका सदस्य सचिव शवनम मुखियाले आगामी दिनहरुमा पनि यस्तै किसिमका कामहरु गर्दै जाने बताईन् । उनले यस अघिको कार्यक्रममा नै चलचित्रकर्मी सम्मान तथा पुरस्कारको कार्यक्रम आयोजना गरिने घोषणा गरिएको बताईन् ।

२०७१ सालमा स्थापना भएको ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि ले खास गरी सन्चार, चलचित्र एवम् सँगितको क्षेत्रमा काम गर्दै आईरहेको छ ।  ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लिले यसअघि जुभेनाईल चलचित्र निर्माण गरिसकेको छ भने लखपती माग्ने निर्माण गर्न गईरहेको बताएको छ ।