You are here
Home > Front News > अनमोल अभिनित ‘कृ’ को ट्रेलर सार्वजनिक

अनमोल अभिनित ‘कृ’ को ट्रेलर सार्वजनिक

१ पुष २०७४, शनिबार २१:०७

काठमाडौं |

प्रेम र युद्धको कथामा सार्बजनिक भयो अनमोल केसी अभिनित ‘कृ’  सार्वजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक भएको केहि दिन मै हिजो ट्रेलर सार्वजनिक गरिएको हो ।

आउदो माघ २६ गते रिलिज हुन् लागेको चलचित्र ‘कृ’ले आफ्नो प्रचार प्रसार तिब्र पारेको छ । ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै ‘कृ’को ट्रेलर लाइ युट्युब मा ५ लाख बढीले हेरी सकेका थिए ।

एक्सन अवतारमा अनमोलको चलचित्र ‘कृ’लाई भुवन केसी ले निर्माण गरेका हुन् भने, सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । चलचित्रमा अनमोल केसीका अलावा अदिति बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपबिक्रम शाही, कामेश्वर चौरसिया लगायातका कलाकारको पनि अभिनय रहेको छ ।