You are here
Home > Front News > रोशनको भाग्यमा छिमी अाएपछि(भिडियो)

रोशनको भाग्यमा छिमी अाएपछि(भिडियो)

२ पुष २०७४, आईतवार २२:१९
काठमाडाैं ।
गायक तथा संगीतकार रोशन फ्युबाको पछिल्लो म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । ङोरी मुपाला बोरी खपला….. (भाग्यमा भए पो भागमा पर्ने ) सामाजिक उखान सन्दर्भलार्इ गीतमा उठाएको छ ।

फ्युबालाई चर्चित सेलो गायिका जितु लोप्चनले साथ दिएकी छिन् । भिडियोमा गायिका छिमी माम्बा र फ्युबाको मुख्य फिचरिङ रहेका छन् । साथमा बाल कलाकार तेन्जिङ सोनाम र कुसुम तामाङको पनि अभिनय देख्न सकिन्छ भने गायक आफैको शब्द,संगीत रहेको छ ।

चलचित्र नीरफूलमा सह–निर्देशन तथा हिमालकी रानी, स्ह्याल्गार, ल्हाप्साङकार्पो निर्देशन गरिसकेका फ्युबाको पहिलो अभिनय भने होइन ।

भिडियोमा राजकिङ वाइबाले निर्देशन् र मरुभुमिले छायाँङ्कन गरेका हुन् । दोस्रो म्हेन्दोमाया म्युजिक अवार्डलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको  निर्माणपक्षले बताए ।

तकदिरमा भए, लडिलडी आउँछ भन्ने भावलाई दृश्यमा उतारेको छ ।