You are here
Home > Front News > म साझा प्रतिनिधि हुँ ,पाेखरेल

म साझा प्रतिनिधि हुँ ,पाेखरेल

६ पुष २०७४, बिहीबार १२:५४

 

महोत्तरी/०६ पुस

बिना बिभागिय मन्त्री एवम महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी गिरिराजमणि पोखरेलले आफू साझा जनप्रतिनिधि भएको बताउनुभएको छ ।

चुनावमा हामीलाई मत दिने, नदिने सबैलाई धन्यवाद पोखरेलले भन्नुभयो : चुनाव जितेपछि हामी सबैको साझा प्रतिनिधि हौ ।

महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ अन्तर्गतको भङ्गाहा नगरपालिका-४ मा घरदैलो अभियानको क्रममा आयोजित कार्यक्रममा पोखरेलले मत दिने नदिने सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफु साझा जनप्रतिनिधि भएको प्रतिक्रिया दिनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले जनताबाट निर्वाचित जनप्रतिनिधि सबैको प्रतिनिधि भएको बताउदै बिबिध कारणले मत दिन नपाउनु भएका मतदाताको भावानाको कदर गर्ने बताउनुभयो ।
“मतदानगरि बिजयी गराउनुहुनेलाइ धन्यवाद, मत नदिनेलाइ झन विशेष धन्यवाद” पोखरेलले भन्नुभयो : म तपाईंहरुको प्रतिनिधि मात्रै होइन मलाई आफ्नो परिवारको सदस्य सोच्नुहोला ।

सबैलाई समेटेर लैजाने बताउदै पोखरेलले आफुलाई लगातार तीन पटक सम्म महोत्तरीबाट बिजयी गराएकोमा आम मतदातालाई धन्यवाद र आभार व्यक्त गर्नुभयो ।
महोत्तरीको जनताको अपार माया, साथ र समर्थन पाएको छु पोखरेलले भन्नुभयो : जनताको बिश्वासलाई उच्च सम्मान गर्दै समग्र महोत्तरी विकासमा लाग्छु ।

महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी पोखरेलले मतदाताको घरदैलोमा पुगेर धन्यवाद र आभार व्यक्त गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहनुभएको छ ।

पोखरेलले आज पनि महोत्तरी जिल्ला क्षेत्र -१ अन्तर्गतको भङगाहा नगरपालिकाको बिभिन्न वडाको मतदाताको घरदैलोमा पुगेर मतदाता सङ्ग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र धन्यवाद ज्ञापन गर्नुभएको छ ।

घरदैलोको क्रममा विभिन्न नाचगान सहितको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापालाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।