You are here
Home > Front News > महोत्तरीबासीको कामना पोखरेल फेरि मन्त्री भएको हेर्ने चाहाना ! पोखरेलको घरदैलो आज पनि

महोत्तरीबासीको कामना पोखरेल फेरि मन्त्री भएको हेर्ने चाहाना ! पोखरेलको घरदैलो आज पनि

८ पुष २०७४, शनिबार २०:०७

 

महोत्तरी/ ८, पुस
महोत्तरी जिल्लाबासी ले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी गिरिराजमणि पोखरेल पुन मन्त्री भएको हेर्ने चाहाना भएको बताएका छन ।


एकै क्षेत्रबाट लगातार तीन पटकसम्म बिजयी भएका पोखरेल सामाजिक र विकासवादी नेता भएकोले एक पटक फेरि मन्त्री हुनुपर्ने स्थानीयको माग छ ।


चुनाव जिते लगत्तै मतदाताको घरदैलोमा पुगेर धन्यवाद र आभार ज्ञापन गरि रहनु भएका पोखरेललाई अधिकास मतदाताले अब बन्ने बामपंथीको सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेका छन ।


बधाई र शुभकामना आदानप्रदान गर्ने क्रममा स्थानिय मतदाताले पोखरेललाई फेरि मन्त्री बन्न आशीर्वाद पनि दिएका छन । युवा, महिला वृद्ध सबैले पोखरेल मन्त्री भए महोत्तरीको मुहार फेरिने बताएका छन ।


महोत्तरी जिल्लाको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका पोखरेलले शिक्षा मन्त्री र स्वास्थ मन्त्री हुँदा जिल्लाको स्वास्थ र शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेको स्थानीयले बताएका छन ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता र हाल बिना बिभागिय मन्त्री समेत रहनु भएका पोखरेलले लामो समयदेखि जिल्लाको विकासमा टेवा पुराउदै आउनुभएको छ ।


मन्त्री हुँदा होस वा नहुदा जिल्लाको सबै खाले विकासमा पोखरेल को महत्त्वपूर्ण भुमिका छ गौशाला नगरपालिकाका नेता बिष्णु लामाले भन्नुभयो : महोत्तरीको सबैखाले विकासमा पोखरेलको सक्रिय भुमिका छ ।


यो पटक बामपंथीहरुको स्थायी सरकार बन्ने पक्का भएकोले पोखरेलले महत्त्वपूर्ण मन्त्रालय पाउनुपर्ने स्थानीयको माग छ ।
पोखरेल महोत्तरीको मात्रै नेता होइन राष्ट्रिय नेता हुन छोटो समय मन्त्री हुदा पनि पोखरेलले राष्ट्रिय हितका महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको छ । बर्दिबासका राजन ढुंगानाले भन्नुभयो : सादा र सामुहिक जीवन ज्युउने सादगी नेता पोखरेल मन्त्री भए देशले एकजना ईमानदार र कर्तव्यनिष्ठ मन्त्री पाउने छ ।


महोत्तरी जिल्लाको ४ वटा प्रतिनिधि सभा क्षेत्रमा क्षेत्र नम्बर -१ बाहेक सबै क्षेत्र मधेसवादी दलको गठबन्धनले जितेको छ । विकास प्रेमि को रुपमा परिचित पोखरेलले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र-१ बाट अत्याधिक मतले बिजयि हुनुभएको हो ।
लामो समयदेखि महोत्तरी जिल्लाको समग्र विकासको लागि कृयाशिल पोखरेलले जनताको माझमा लोकप्रिय भएकै कारण पनि बिजय सम्भव भएको स्थानिय बताउछन् ।


यस अघि २०६४ र २०७० सालमा भएको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो ।
२०६४ सालमा पोखरेल तत्कालीन जनमोर्चा तर्फबाट उम्मेदवार बन्नु भएको थियो । सङ्ख्यात्मक हिसाबले सानो मानिएको पार्टी जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारी दिनु भएको पोखरेल अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो ।


२०६५ मा पार्टी एकता पछि तत्कालीन एकीकृत नेकपा माओवादी बाट सोही क्षेत्रको उम्मेदवार बन्नु भएका पोखरेल दोस्रो पटक निर्वाचित हुनुभएको थियो ।


सांसद र मन्त्री हुँदा जिल्लाको समग्र विकासमा कृयाशिल रहनुभएका पोखरेल शिक्षा मन्त्री र स्वास्थ मन्त्री हुँदा जिल्लाका महत्त्वपूर्ण कामहरु गर्नु भएको थियो ।


मन्त्री पोखरेलको महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ३ मा मत अधिकार छ ।
पोखरेल बर्दिबास ३ कै गौरिडाडामा रहेको सामुहिक आवास “आधारशिला” मा बस्नुहुन्छ ।


एक पटक सफल शिक्षा मन्त्री र ३ पटक सम्म सफल स्वास्थ मन्त्री रुपमा परिचीत मन्त्री पोखरेलको महोत्तरीमा राम्रो प्रभाव रहेको छ ।
सामुहिक जीवनमा रहनु भएका पोखरेल उत्पिडित समुदाय र गरिब किसानका हक अधिकारका लागि लामो समयदेखि कृयाशिल हुनुहुन्छ । समग्र महाेत्तरी जिल्लाकाे बिकास र बिशेषगरी जिल्ला काे उत्तरी भेगकाे बिकास गर्ने बिकास पुरुषकाे रुपमा परिचित पोखरेललाई स्थानीय जनताले मधेसप्रेमी नेताको रुपमा चिन्छन ।
,,,,,,,,,,,,,,,,,
घरदैलो आज पनि जारी
महोत्तरी/ ८, पुस
महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरिरहनु भएको छ ।
पोखरेल ले आजपनी बर्दिबास नगरपालिकाको बिजलपुरा, बर्दिबास बजार लगायत विभिन्न वडाको मतदाताको घर घरमा घरदैलो घरदैलो गर्नुभएको छ ।
घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घर घरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गरेका छन ।
सयौं बालक, युवा, महिला र वृद्धहरुले पोखरेललाई भव्य स्वागत गरेका थिए ।
घरदैलोको क्रममा विभिन्न नाचगान सहितको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।
,,,,,,,,,,,,,,,,
शिक्षक सङ्गठनको स्वागत
महोत्तरी/ ८, पुस
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गौशला नगरकमिटी ले आज नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाइ स्वागत सम्मान गरेको छ ।
शिक्षक सङ्गठनले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी गिरिराजमणि पोखरेल, प्रदेश सभा-१ का सारदादेवी थापा र प्रदेश सभा-२ का भरतप्रसाद शाहलाई आज गौशला नगरपालिकामा स्वागत एवम् सम्मान गरेको हो ।
स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा -१ बाट बिजयी पोखरेलले शिक्षाको आमूल परिवर्तन गर्न शिक्षकको नै महत्त्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।
शिक्षक जिम्मेवार भए मात्रै शिक्षाको विकास हुनसक्छ पुर्व शिक्षा मन्त्री समेत रहुनुभएका पोखरेलले भन्नुभयो : शिक्षकले शिक्षकको भुमिका निर्वाह गरिदिनुस तब मात्रै शिक्षाको विकास हुन्छ ।
महोत्तरी जिल्ला शिक्षाको क्षेत्रमा कर्णाली भन्दा पनि पछाडी परेको बताउदै पोखरेलले परिवर्तन आफैबाट शुरु गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा, प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाह, गौशला नगरपालिका का मेयर शिवनाथ महतो लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।