You are here
Home > Front News > रियलको कमजोर प्रदर्शन जारी,घरमै ०-३ गोल अन्तरले हा-यो ….

रियलको कमजोर प्रदर्शन जारी,घरमै ०-३ गोल अन्तरले हा-यो ….

९ पुष २०७४, आईतवार १५:३९

हिजो राति आफ्नै घरमा  ८० हजार भन्दा बढी दर्शकको उपस्थिति बिच भएको उक्त प्रतिक्षित खेलमा अन्तत रियलले ०-३ गोल अन्तरले हार व्यहोर्न  पुग्यो,जसबाट रियलका फ्यानहरुले फेरी एक पटक न्याउरो मुख लगुना बाध्य भयो / रियलले खेलको सुरुवात निकै आक्रामक रुपमा गरेको थियो भने गोले गर्ने थुप्रै अवसरलाई उपयोग गर्न सकेन जसमा रोनाल्डोको हेड गोल अफसाइड हुनु तथा बेन्जिमाको हेडबल बारमा ठोक्किदै बाहिरिनु रियलको दुर्भाग्य साबित भयो / रियलको हारमा डिफेन्स र फरवार्डको नै कमजोरी देखिन्छ /

उता बार्सिलोनाको जितमा खेलको ५४ मिनटमा सुवारेजको गोल संगै सुरुभयो भने ६४ मिनटमा मेसीले पेनाल्टी मार्फत गोल गरे ,त्यस्तै खेलको थप समयको तेस्रो मिनटमा अलेक्सिस भिदाल ले गोल गर्दै टिमलाई जित दिलाए / ला लिगामा बार्सिलोना ४५ अंक सहित पहिलो नम्बरमा छ भने रियल ३१ अंक सहित चौथो स्थानमा छ,रियलले एक खेल कम खेलेको छ /