You are here
Home > Front News > रास्ट्रपतिले अध्यादेश रोकेको भन्दै ने.बि.संघको बिरोध .

रास्ट्रपतिले अध्यादेश रोकेको भन्दै ने.बि.संघको बिरोध .

९ पुष २०७४, आईतवार १७:०१

नेपाल बिद्यार्थी संघले राष्ट्रपति  बिद्या देबी भण्डारीले रास्ट्रीयसभा गठन अध्यादेश चांडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ /

नेबी संघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस ,पद्मोदय मोड बागबजारचोक पद्मकन्या क्याम्पस हुँदै रत्नपार्क पुगेर कोण सभामा परिणत भएको थियो /

सभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेको रास्ट्रपतिले संबिधान अनुसार आएको अध्यादेश रोक्न नमिल्ने बताए /

नेविसंघका उपाध्यक्ष्य राम प्रसाद अधिकारीले दुई महिना अगाडी नै पठाएको अध्यादेश चित्त नबुझे १५ दिन भित्र फिर्ता पठाउने प्राबधान रहे पनि रोक्नु संबिधान बिपरित भएको बताए /अर्का उपाध्यक्ष्य डिल्लीराम सुबेदीले अध्यादेश रोकेर संबैधानिक संकट ल्याउन नहुने बताए /

कोण सभामा नेविसंघ पूर्व महामन्त्री बलदेव तिमल्सिना पूर्व केन्द्रीय सदस्य युबराज पाण्डेय केन्द्रीय सदस्य सिशील भट्ट र रत्नहरि ढुंगेल नेविसंघ नेता बिपिन अधिकारी लगाएतले अध्यादेश तत्काल स्वीकृत नगरे सोमबारदेखि देशभर आन्दोलन गरिने चेतावनी दिए /

सरकारले सिफारिस गरेर रास्ट्रपति कार्यालयमा पठाए पनि उक्त अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रिय सभा गठनमा ढिला भएको छ  / राष्ट्रिय सभाको गठनबारे नेपाली कांग्रेस एकल संक्रमनिया तथा नेकपा एमाले बहुमतीय प्रणालीका पक्षमा छन् /