You are here
Home > Front News > बजारमा आइरहेका चलचित्रहरु भन्दा मेरो चलचित्र भिन्न हुने छ – कुमार नगरकोटी

बजारमा आइरहेका चलचित्रहरु भन्दा मेरो चलचित्र भिन्न हुने छ – कुमार नगरकोटी

९ पुष २०७४, आईतवार २०:२६

काठमाडौं |

कुमार नगरकोटी अब चलचित्र निर्देशक बन्ने भएका छन्। चलचित्र ‘लालपुर्जा’मा अतिथि लेखक र कलाकारको भूमिकामा देखिएका नगरकोटीले आफू छिट्टै निर्देशकको रुपमा देखा पर्ने घोषणा गरेका हुन्।

बिहिबार भएको ‘लालपुर्जा’ चलचित्रको द्रेलर सार्बजनिक कार्यक्रममा साहित्यकार नगरकोटीले भने, ‘अहिले बजारमा आइरहेका चलचित्रहरु भन्दा मेरो चलचित्र अलि भिन्न हुने छ।’

नेपाली चलचित्र बजारमा नगरकोटीले बोलेको यो शब्द नयाँ चाहिँ पक्कै होइन । प्राय यो शब्द बजारियाको लागी निर्माण गरिने र गर्ने चलचित्रकर्मीहरुमा प्रचलित छ ।

नगरकोटीले निर्देशन गर्ने ‘ज्ञ’को कथा, पटकथा र संवाद पनि उनी आफैले लेख्ने बताएका छन्। चलचित्र ‘ज्ञ’ मा अभिनय गर्ने कलाकारको भने अजै टुंगो लागिसकेको छैन।