You are here
Home > Front News > पत्रकार सम्मेलन गरि मतदातालाइ धन्यवाद ज्ञापन मेरो जित व्यक्तिको जित होइन, विचारको जित हो : पोखरेल

पत्रकार सम्मेलन गरि मतदातालाइ धन्यवाद ज्ञापन मेरो जित व्यक्तिको जित होइन, विचारको जित हो : पोखरेल

११ पुष २०७४, मंगलवार १५:५४

 

महोत्तरी/१० पुस

महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट बिजयी गिरिराजमणि पोखरेलले आफ्नो जित व्यक्तिको जित नभइ विचारको जित भएको बताउनुभएको छ ।
मधेसमा मधेसवादी दलहरूको एकताले एउटा लहर ल्याएको थियो पोखरेलले भन्नुभयो : महोत्तरी -१ मा हाम्रो विचारले जितेको छ ।

महोत्तरीको बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले असोज १७ गतेबाट बामपंथी आन्दोलनमा एउटा नयाँ अध्याय प्रारम्भ भएको बताउनुभयो । बामपंथी एकताको निर्णयले जनतालाई स्वभाविक ढंगले परिवर्तन र परिवर्तनको पक्षमा अभिमत दिन सजिलो भएको बताउदै पोखरेलले यो अवस्था सिर्जना गर्ने दुबैं पार्टीको नेतृत्वलाई धन्यवाद पनि दिनुभएको छ ।

जातीय क्षेत्रीय सोचले मधेसको विकास हुन नसक्ने भन्दै पोखरेलले महोत्तरी -१ मा सबै सिट बामगठबन्धनले जित्नु बामपंथी विचारको जित भएको बताउनुभयो ।

चुनाव जितेपछि नियमित मतदाताको घरदैलोमा गएर धन्यवाद ज्ञापन गरिरहनु भएका पोखरेलले आज पत्रकार सम्मेलनको आयोजना गरि निर्वाचनमा सहभागी सबै पक्षलाई धन्यवाद र आभार व्यक्त गर्नुभएको हो ।

जनताले मत दिएर निर्वाचित गराउनु भएको छ, चुनाव अघि गरेका बाचा, र घोषणा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ चुनाव अघि जनताबाट संकलन गरिएका तिन सय भन्दा बढी समस्याहरु नैं मेरो प्राथामिकताका बिषयहरु हुन ।

बिना बिभागिय मन्त्री समेत रहनुभएका पोखरेलले नेपाली जनताको आधारभुत आवश्यकता पुरा गर्दै संविधान कार्यान्वयन र संविधान सर्व स्विकार्यताको लागी मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महोत्तरी जिल्लाबाट ३ पटक सम्म लगातार चुनाव जितेर ह्याटि्रक गर्नुभएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पोखरेलले मानव विकास सुचाङ्क, शैक्षिक र स्वास्थ्य सुचाङ्कमा महोत्तरी ज्यादैं पछाडी परेकोल यस्लाई माथी उठाउनको लागी बिशेष कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महोत्तरी जिल्लाबाट लगातार तिन पटक सम्म जनताबाट प्रत्यक्ष निर्वाचित भएको छु पोखरेलले भन्नुभयो: बिगतमा जस्तैं भावी दिनमा पनि जनताको यो ऋण चुक्ता गर्न महोत्तरी जिल्लाको सबैंखाले विकासमा निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्दछु ।

चुनावको बेला कुनैं दलबाट उठेको भएपनि चुनाव जितेपछी आफु साझा प्रतिनिधी भएको बताउदै पोखरेलले मत दिने नदिने सबंैंको भावाना, चाहना, आवश्यकताहरुलाई समाधान गर्ने प्रष्ट पार्नुभयो ।

कार्तिक १६ गते उम्मेदवारी दर्तादेखी धन्यवाद ज्ञापन कार्यक्रम सम्मको बिभिन्न चरणका चुनावी कार्यक्रमलाई अभियानको स्वरुप दिने र सफल बनाउने सबै बाम कार्यकर्तालाई पोखरेलले धन्यवाद दिनुभयो ।

निर्वाचनको क्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णमा हृदय देखिनै हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु पोखरेलले भन्नुभयो : महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र–१ बाट उम्मेदवारी दिनको लागी निर्णय गर्ने नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, स्वदेश र बिदेशमा रहेर सहयोग गर्नुहुने सहयोगी साथिहरुलाई धन्यवाद व्यक्त गर्दछु ।

पोखरेलले निर्बाचन सफलता पुर्वक सम्पन्न गर्नुहुने निर्बाचन कार्यालय, प्रहरी/प्रशासन, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मीलाई पनि धन्यवाद व्यक्त गर्नुभएको छ ।