You are here
Home > Front News > शिल्पीमा ‘हरियो ढुंगा’

शिल्पीमा ‘हरियो ढुंगा’

१२ पुष २०७४, बुधबार ०९:३०

काठमाडौँ |

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक “हरियो ढुङ्गा” भुटानी शरणार्थीहरुको पीडा र चरम गरिबी उतारिएको नाटक हो । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ कथा संग्रहमा संगृहीत छ, ‘हरियो ढुंगा’ ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक सुनील पोखरेलले निर्देशन गरेका हुन् भने उपेन्द्र सुब्बाले लेकको नाटक सन १९९० मा भारत हुँदै नेपाल आएका भुटानी शरणार्थीहरु परिचयको खोजीमा छन् । यो कथालाई अहिले नाटय रूप दिइएको छ ।

कलाकारहरुको सशक्त अभिनयले  ततकालिन समयमा भुटानी शरणार्थी शिविरमा दिन गुजारिरहेकाहरू देश फर्किने झिनो आशामा भएको देखिन्छ । शिविरमै जन्मिएका छोराछोरी पुस्ता न भुटान चिन्छन् न आफूलाई ‘नेपाली हुँ’ भन्न सक्छन् ।, ‘यता जा भन्छ, उता जा भन्छ खोलाको पातैलेन यता जानु न उता जानुभुटाङ्गे जातैले…’ भन्ने शब्दनै ‘हरियो ढुंगा’ को मूल मर्म नाटकमा समेटिएको छ ।

नाटकमा झापाको बेलडाँगीमा राखिएको भुटानी शरणार्थी क्याम्पको परिवेश झल्किन्छ । झन्डै डेढ घण्टा लामो नाटकमा सबै पात्र मुख्य छन् । फिल्मी चर्चा कमाएका कलाकार राखेर नाटक चलाउने प्रचलन नेपाली नाटकमा चल्दै आएको देखिन्छ। त्यहि पाइलामा बरिस्ठ रङ्गकर्मी सुनिल पोख्रेलले पनि बिर्सेन्न । उनले नाटक ‘हरियो ढुंगा’मा फिल्म बगैचामा चर्चित कलाकार विपिन कार्कीलाई अभिनय गराएका छन् ।

पुस २२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार विपिनसँगै सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खडका, राज न्यौपाने, अर्जुन शिवाकोटी, दीपेन्द्र शाही, सुरज तमू, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बाँस्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रूपेश लामा, सौभाग्य सिंह (शोभा), दर्शन श्रेष्ठ, नवीनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी, महेशमान श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।