You are here
Home > Front News > रात परेपछी

रात परेपछी

१३ पुष २०७४, बिहीबार १२:२४

– रिमा केसी

रात परेपछि
समयको आकाश बाट एउटा सुर्य अस्ताउछ र,
हजारौं असुर्यहरु उदाउछन ।

फुलको तरेलिहरुमा
उदास गितको अन्तिम हरफ सुनिन्छ
बूढो पिपलको पुरानो हाँगोमा                                              थाकेका चराहरु झगडा गरि पस्छन
बगि जाने पानी
उडिजाने बतास वा,
बिर्सिजाने सपनाहरु
रङ उडेको जिनन जस्तो
फुस्रो देखिन्छन , रातपरेपछी
अप्राप्तिको प्राप्ती पर्खेर बाँचेका
लाखौ सलहहरु
तारा झैँ झिलमिलाउछन ।

पसिनाको गन्ध अनायस अमिलो हुन्छ
परिश्रमको थुङ्गा धमिलो हुन्छ रातपरेपछी
बटुवाहरु निदाउछन
र,बाटोले एकालाप गर्छ
बिबेकहरु निदाउछ्न
र, अहमले साइरन फुक्छ
दया, करुणा,सदभब र हार्दिकता निस्लोट हुन्छन र, क्रन्दनको बाँसुरिले पाहाड भत्काउछ
ओठ हाँस्छ तर मुस्कान देखिन्न
पाइलाले विषम लिन्छ
तर शान्तिको धुन गुन्जदैन
सैयौ सिरानिहरुमा जुन चाहिन्छ र,
गालाहरुमा टाटा बस्छन
सैयौ भाँडाहरुमा अभाब बज्दछ
र आन्द्राहरु नृत्यमग्न हुन्छन
सैयौ परदेशिहरुको अाँखामा
आइपुग्छन – आमा र गाउँ
अनि, परेलिको डिल हँदै आमहत्या गर्छन
भिरमा फुलेको सुनाखरी अँध्यारो देखिन्छन र,
अँध्यारामा ढुँगा हान्छन लामा हातहरुले

रात परेपछी
कुनै पसलहरुमापनी
खसी बोकाहरुको किनबेच हुँदैन

माटोमा कोरेको भबिष्यको योजना चित्रलाइ
पैँयुको पातबाट तप्प तप्प खसेको
सितको थोपाहरुले भिजाएर बिगारिदिन्छ
औषधि किन्न शहर पसेका निरमायहरु
मधुशालामा निलो जीवन धरौटी राख्न बाध्य हुन्छ्न
औषधि पसलहरु बिरामी भैसक्छन
कमिजको देब्रे गोजिमा भाग्य बोकेर हिँडेकाहरु
आफ्नै अाँखाको खहरेमा चिप्लन्छ्न रातपछी
दिउँसोका सुकिला दरबारिया आश्वासनहरु
पारिजातको फुल झैँ झर्छन र,
बिलाइ जान्छन मधुरो गर्तमा

तिमी बर्षौदेखी रातको चर्तिकला हेर्दै आइरहेछाैँ
म बर्षौदेखि मौन छु
अचेल, मेरो देशमा रात परेको छ ।

                                                               – रिमा केसी