You are here
Home > Front News > सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् गीतमा रीमा र रञ्जन

सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् गीतमा रीमा र रञ्जन

१५ पुष २०७४, शनिबार २२:५७

काठमाडौं |

सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् गीतमा रीमा र रञ्जनले अभिनय गरेका छन् । कुनै समयको अत्यधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जामा आएको छ।

एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो । पाएन त केवल माया । गीतको यही सार संगै नायक रञ्जन भन्छन, ‘पहिले चर्चा कमाईसकेको गीतमा काम गर्न पाउनु रीमा र मेरो लागी खुशीको कुरा हो ।’ नायिका रीमा भन्छन, ‘सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् ! जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन् ! बोलको गीत आफैमा प्रेम जोडिएको छ। त्यसैलाई दृश्यको माध्यमबाट रञ्जन जी र मैले अजै प्रेमलाई मुर्त रुप दिएका छौ । आशा छ सबैले मन पराइदिनु हुन्छ ।’

नागेन्द्र श्रेष्ठको स्वर,अरुण तिवारीको शब्द रचना,टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको यस गीतमा रीमा बिश्वकर्मा र रन्जन रिजालको अभिनय तथा अमृत सुनुवारको निर्देशन रहेको छ।

गीतकाे दृश्य सम्पादन माधव बेलबासेले गरेका छन्।