You are here
Home > साहित्य > जसरी यो दिलमा !

जसरी यो दिलमा !

२० पुष २०७४, बिहीबार १६:०८

गजल
:
जसरी यो दिलमा कसैको तस्बिर बसेको छ
उसैगरी सडकमा एउटा फकिर बसेको छ ।
:
मलाई कहिल्यै उठ्न दिएन मेरो छिमेकिले
छेउमा राहु, केतु जस्तो अमीर बसेको छ ।
:
तरिका नपुग्नेहरुको हर्कत हुनुपर्छ यो सब
अधिकार खोस्नैपर्छ भन्ने नजिर बसेको छ ।
:
तिमिबाट मेरो दिल उहिल्यै हटेको हो प्रिय
बस् , तिमिसङ्ग निर्जिब शरीर बसेको छ ।
:
कस्ता-कस्ता मान्छे मगन्ते बन्छन्, चिन्नुस!
भिख बाँड्दै जानुस अगाडी कबीर बसेको छ।
:
यसकारण नै भगवान् फरक हुन् दुनियाँमा
कसैकोमा मस्जिद,कसैकोमा मन्दिर बसेको छ ।
:
भाष्कर काजी