You are here
Home > Front News > जनताले प्रगतिशील एजेन्डा सहितको बामपंथी सरकार खोजेका छन : पोखरेल

जनताले प्रगतिशील एजेन्डा सहितको बामपंथी सरकार खोजेका छन : पोखरेल

२२ पुष २०७४, शनिबार २०:१५

 

काठमाडौ, २१ पुस

बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट बिजयी प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले जनताले प्रगतिशील एजेन्डा सहितको बामपंथी सरकार खोजेको बताउनुभएको छ । काग्रेस जनभावना बिपरित जान खोजेको आरोप लगाउदै पोखरेलले बाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको अवस्थामा काग्रेसले जनमतको कदर गर्न नसकेको बताउनुभयो ।
निर्वाचनको मत परिणाम आउने बित्तिकै काग्रेसले सत्ता हस्तान्तरण गरेर जनमतको कदर गर्नुपर्थ्यो पोखरेलले भन्नुभयो : सत्ता लम्बाउने र बाम गठबन्धनलाई टुटाउने तर्फ काग्रेसको ध्यान गएको छ ।
सम्मानजनक बामपंथी एकता हुनुपर्ने बताउदै पोखरेलले दुबै पार्टीको अस्तित्वको कदर गर्नुपर्ने बताउनुभयो ।

महोत्तरीबाट काठमाडौ आएर विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका महोत्तरीबासीहरुको साझा संगठनका महोत्तरी-काठमाडौ सम्पर्क मंचको आयोजनामा भएको कार्यक्रममा मन्त्री पोखरेलले विकासको दृष्टिकोणले महोत्तरी एकदमै पछाडी परेको बताउदै महोत्तरीलाई नयाँ ढंगले अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।

देश भर बामपंथीको लहर आएपनी मधेसमा बाम गठबन्धनप्रती नकारात्मक धारणाका कारण समग्र महोत्तरीको जितको कथा लेख्न सकिएन पोखरेल भन्नुभयो : मधेसमा मधेसीहरुको गठबन्धन र अस्वस्थ प्रतिस्पर्धाका बिच एउटा क्षेत्र पुरै जितेका छौ ।
पोखरेलले उम्मेदवार एक्लै को पहलले चुनाव जित्न नसक्ने बताउदै आफ्नो टिमको जितमा सबै पक्षको सहयोग रहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा, प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाह लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मंचले महोत्तरी -१ मा चुनाव जिताउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, राष्ट्रिय कलाकारहरु मनोज गजुरेल लगायतकालाई सम्मान गरिएको थियो ।