You are here
Home > Front News > माओबादी-एमाले छुट्टा छुट्टै शिर्षस्थ बैठक,पार्टी एकिकरण अन्तिम रुप दिंदै ।

माओबादी-एमाले छुट्टा छुट्टै शिर्षस्थ बैठक,पार्टी एकिकरण अन्तिम रुप दिंदै ।

२४ पुष २०७४, सोमबार १५:३१

पौष २४ ,काठमाडौँ ,

आइतबार  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  र एमाले अध्यक्ष केपी ओलीबीच करिब दुई घन्टा लामो छलफल भयो । छलफलमा दुवै नेताले तत्काल पार्टी एकता गरेर अघि बढ्नुपर्ने धारणा राखे भने त्यसलाई गति दिन सोमबार (आज) आ–आफ्नो पार्टीमा छलफल गर्ने निर्णय भएको थियो । सोही अनुसार  एमाले र माओवादी केन्द्रको बैठक अहिले बस्दैछ । धेरैको ध्यान आजको  बैठकले कस्तो निर्णय गर्ला भन्नेमा रहेको  छ ।

आजपार्टीका  शिर्षस्थ नेता  सम्मेलित बैठकमा  प्रचण्ड र ओलीबीच भएको छलफलबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । सोहीबेला एकताको मोडालिटीबारे समेत छलफल हुने  तथा  कसरी एकता प्रक्रियालाई अघि बढाउँदा ठिक होला भन्ने विषयमा पार्टीभित्र छलफल गरेपछि ओली–प्रचण्डबीच टेलिफोन कुराकानी हुने । त्यति नै बेला पार्टी बैठकमा उठेका कुरा साटासट गरिनेछ । दुवै नेता एउटा निष्कर्षमा पुग्नेछन् । र, त्यही निष्कर्षलाई एकता संयोजन समितिको बैठकमा प्रस्तुत गरिने जानकारी बैठकमा सहभागी एक नेताले बताए भने संयोजन समितिको बैठक भने मंगलबार बस्नेछ ।

दुवै पार्टी कम्युनिष्ट धारका भएपनि एमालेको ‘बहुदलीय जनवाद’ र माओवादीको ‘माओवाद’ (दुई फरक सैद्धान्तिक विचार) का बिच सतहमा देखिएको बिचारको टकरावले पार्टी एकता पछि धकेलिएको स्रोतको दाबी छ । त्यसबाहेक एकतापछि कसको ‘पोजिसन’ के हुने भन्ने दोस्रो विषय बनेको छ । विशेषगरी यी दुई विषयमा दुवै पार्टीले ‘कम्परमाइज’ गरेर जाने हो भने एकता धेरै पर नधकेलिने निश्चित छ । एकताले गति लिने हो वा होइन त्यो भने संयोजन समितिको बैठकपछि मात्र जनताले चाल पाउनेछन् ।